News Portal

  • टिपरको ठक्करबाट जगातीका ४० वर्षीय सुवालको गयो ज्यान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ बैशाख
    ११३० पटक
    भक्तपुर, २७ बैशाख

    गएराती टिपरको ठक्करबाट घाइते भएका जगातीका राजाराम सुवालको ज्यान गएको छ । अन्दाजी १०:२५ बजेको समयमा सूर्यबिनायक स्थित अरनिको राजमार्गमा सुवालले चलाएको स्कुटीलाई टिपरले ठक्कर दिएको थियो ।

    सूर्यविनायकतर्फ आउदै गरेको लु २ ख ४५८८ नं. को टिपरले बिपरित दिशातर्फ जादै गरेको बाग्मती प्रदेश ०२-०२४ प १६८४ नं. को स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती बस्ने बर्ष ४० को राजाराम सुवालको ज्यान गएको प्रहरीले पुष्टि गरेको हो । गम्भीर घाईते भएका सुवाललाई उपचारका लागी डा. ईवामुरा अस्पताल सल्लाघारी लगिएकोमा प्राथमिक उपचार पश्चात थप उपचारका लागी राती नै अन्नपुर्ण न्युरो अस्पताल माईतीघर रिफर गरिएको थियो ।

    उपचारकै क्रममा आज सोमबार दिउसो अन्दाजी १:१० बजेको समयमा सम्बन्धित चिकित्सकले उनलाई मृत घोषणा गरेका डिएसपी दिपक गिरीले जनाएका छन् । टिपर र चालक लमजुङ बेशीशहर गाँउपालिका वडा नं. ११ घर भई हाल साँगा बस्ने बर्ष ३५ को टार्जुन गुरुङ लाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त जगातीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...