News Portal

  • सरकार पूर्ण रुपमा असफल : देउवा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ बैशाख
    ७१३ पटक
    भक्तपुर, २७ बैशाख

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वर्षमा सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् ।

    विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले सरकार गठन भएको तीन वर्षमा नै विश्वासको मत माग्ने अवस्था आउनुमा प्रधानमन्त्री स्वयं जिम्मेवार रहेको बताएका छन ।

    प्रधानमन्त्रीलई कार्यकारी प्रमुखको हैसियतले सम्पूर्ण अधिकार दिएको भन्दै उनले भने, ‘देश र जनताको हितमा काम गर्न कसले कहाँ रोक्यो ?’

    प्रमुख प्रतिपक्षी पार्टीका रुपमा आफ्नो दलले रचनात्मक र सहयोग भूमिका खेल्दा आलोचित हुनु परेको उनले बताएका छन । ‘आफू कार्यकारी प्रमुख हुने अनि अरुमाथि दोष थोपर्ने ?’ देउवाले भने, ‘अरुमाथि दोष र गुनासो थोपरेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुुहुन्छ ?’

    ‘म प्रधानमन्त्रीलाई के आग्रह गर्न चाहन्छु भने मानिस दुनियाँबाट भाग्न सक्छ, आफैंबाट भाग्न सक्दैन । एक पटक छातिमा हात राखेर भन्नुस्, यो अवस्था तपाईले सिर्जना गर्नु भएको अंकगणित दम्भ, कुशासन र भ्रष्टाचारका कारण होइन ?’उनले भने ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...