News Portal

  • नयाँ सरकार बन्नबाट रोक्न जसपाका केहि सांसद भक्तपुरको रिसोर्टमा ल्याइए

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३० बैशाख २०७८
    १९६४ पटक
    भक्तपुर, ३० बैशाख २०७८

    जनता समाजवादी पार्टी (जसपा) का केहि सांसदहरु भक्तपुरको एक रिसोर्टमा ल्याइएका छन् । अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले आफ्नो पक्षका भनिएका सांसदहरुलाई भक्तपुरको एक रिसोर्टमा ल्याएर राखेका हुन् ।

    श्रोतका अनुसार उनीहरुलाई डोलेश्वरजाने बाटोमा रहेको डोलेश्वर भिलेज रिसोर्टमा राखिएको छ । भक्तपुर रिसोर्टबाट उनीहरुलाई त्यहाँ पुर्याइएको श्रोतको दावी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विस्वासको मत प्राप्त नगरेपछि पदमुक्त भएका उनको पद बचाउन सांसदहरुलाई रिसोर्टमा राखिएको आशंका गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आज राति ९ बजेसम्मको समय सिमा दिएकी छन् । नयाँ सरकारका लागि बहुमत सांसद पुर्याउन नदिन सांसदहरु रिसोर्टमा थुनिएका आशंका गरिएको छ ।

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने सांसदहरु भक्तपुरको रिसोर्टमा भएकोबारे अनभिज्ञता प्रकट गरे । यसबारे आफूलाई कुनै जानकारी वा रिपोर्ट नआएको उनको भनाइ छ । डोलेश्वर भिलेज रिसोर्ट नेकपा एमालेको ओली पक्षका नन्दनाथ मैनाली,किरण थापा लगायतका व्यक्तिहरुद्वारा संचालित रिसोर्ट हो ।भक्तपुरका सरकारी कार्यालयहरुका कार्यक्रम समेत यहाँ बारम्बार हुने गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...