नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २- २ रुपैयाँ मूल्यवृद्धि गरेको छ।
निगमका अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाको मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।
बृद्धि भएको मुल्य आज (आइतबार) राति १२ बजेपछि लागु हुनेछ । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।