News Portal

  • माधव नेपाललाई प्रधानमन्त्री बनाउनेबारे छलफल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ जेठ २०७८,शुक्रबार
    ६६३ पटक
    भक्तपुर, ७ जेठ २०७८,शुक्रबार

    पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का नेता माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउनेबारे छलफल सुरु भएको छ ।

    एमालेका वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्रीमा विपक्षी गठबन्धनले प्रस्ताव गर्ने बित्तिकै बहुमत पुग्ने सम्भावना देखिएपछि विपक्षी गठबन्धन छलफलमा जुटेको हो ।

    विपक्षी गठबन्धनको सरकार निर्माणबारे छलफल गर्न अहिले कांग्रेस सभापति शेरबहादुर देउवासाहित छलफल भइरहेको छ । उक्त छलफलमा माओवादीका प्रचण्ड, जसपाका उपेन्द्र यादव, बाबुराम भट्टराई र एमालेका माधव नेपाल सहभागी छन् ।

    नेपाल पक्षमा एमालेका २८ जना सांसद छन् । कांग्रेसका ६१ र माओवादीका ४९ सांसद छन् । र, जसपाको उपेन्द्र यादवको पक्षमा १५ जना सांसद छन् । त्यो संख्या जोड्दा १५३ जना सांसद पुग्छन् । त्योअनुसार सरकार बन्ने अवस्थाका लागि अधिक बहुमत हुन्छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...