News Portal

  • भक्तपुरस्थित सैनिक महाविद्यालयका सम्पर्क अधिकृत शाहको महासेनानीमा बढुवा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ जेठ २०७८
    १४४४ पटक
    भक्तपुर, ७ जेठ २०७८

    भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयका सेना प्रमुखको बढुवा भएको छ । विद्यालयका सम्पर्क अधिकृत रहेका नेपाली सेनाका प्रमुख सेनानी अनुप शाहको बढुवा भएको हो ।

    नेपाली सेनाका प्रमुख सेनानी अनुप शाह महासेनानी (कर्णेल) मा बढुवा भएका हुन् । आफ्नो सम्पर्क अधिकृतको बढुवा भएपछि महाविद्यालयले एक कार्यक्रमका बीच उनलाई बधाई ज्ञापन समेत गरेको छ ।

    नेपाली सेनामा महासेनानी उच्च पद मानिन्छ । महासेनानी गणको प्रमुख रहने व्यवस्था छ । महासेनानी पछि सहायक रथी,उप रथी र रथी हुँदै प्रधानसेनापति हुने नेपाली सेनामा पदीय व्यवस्था गरिएको छ ।

    सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा नेपाली सेनाले सम्पर्क अधिकृत खटाउने र उनी प्रशासन प्रमुख रहने प्रचलन रही आएको छ । विद्यालयमा शैक्षिक प्रमुखको रुपमा भने प्रधानाध्यापक दलप्रसाद पुन रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा शुक्रवारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...

    सहकारी मार्फत कारखाना खोल्नु आवश्यक : बिजुक्छेँ

    narayanman bijukchhen

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको अशक्त र असहाय नागरिकहरुलाई अब...

    भक्तपुरमा डाक्टरहरुको बिरोध प्रदर्शन

    देशका बिभिन्न भागमा चिकित्सकमाथि हातपातको बिरोधमा भक्तपुरका डाक्टरहरुले बिरोध प्रदर्शन गरेका छन् । आकस्मिक बाहेकका...

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु

    city scan thimi

    मध्यपुर थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु भएको छ । मंगलवारबाट...