News Portal

  • सरकारले बेवास्ता गरेको मजदुर वर्गका लागि भक्तपुरमा खाद्यान्न वितरण

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, १८ जेठ २०७८
    १०५९ पटक
    भक्तपुर, १८ जेठ २०७८

    कोभिड १९ को दोश्रो लहरसंगै जारी निषेधाज्ञामा स्वास्थ्य संकट समाधान नहुँदै आर्थिक संकट पनि शुरु भैसकेको छ । सबै पेशा व्यवसायलाई यसले प्रत्यक्ष प्रभाव पारेता पनि दैनिक ज्यालादारी गर्ने र मजदुरीबाहेक आम्दानीको श्रोत नभएकाहरु सबैभन्दा ठुलो समस्यामा परेका छन् ।

    संचार माध्यम र चिकित्सकहरुले कोभिड बिरुद्ध पोसिलो आहारको आवस्यकता औल्याइरहदा मजदुर बर्ग भने दुइ छाक टार्ने कसरी भन्ने चिन्तामा परेका छन् । प्राय मजदुरसंग बचत नभएको र उद्योगका मालिकहरु संक्रमणको डरले सम्पर्कमा नआउदा मजदुर वर्गको बिचल्ली भएको मजदुर नेता मिलन लामा बताउछन । एकापसमा गर्जो टार्दै जीविका चलाइरहेका कतिपय परिवार अबभने चुल्हो बाल्नै नसक्ने गरी समस्यामा देखिएका उनले बताए । अघिल्लो लकडाउनमा धेरै दाताहरु देखिएपनि यो पटक स्थानीय सरकार र प्रशासनले समेत उनीहरुप्रति बेवास्ता गरेको उनको आरोप छ ।

    आफू आवद्ध नेकपा (माओवादी केन्द्र) निकट मजदुरहरुको संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ, भक्तपुरले समस्यामा परेका मजदुरहरुको लागि सहयोग गरिरहेको तर त्यो पर्याप्त नभएको उनले गुनासो गरे । स्थानीय सरकारले सहयोगका नाममा भोटको राजनीति गरिरहेको आरोप लगाउदै नेता लामाले निमुखा मजदुर वर्गलाई हेरिदिने सरकार नभएको भन्दै दुख प्रकट गरे ।

    भक्तपुरमा मजदुरका लागि राहत बाडिरहेको अवस्थामा सोमबार भेटिएका मजदुर नेता लामाले उक्त दुखेसो व्यक्त गरेका हुन् । आफूहरुले सोमबार मात्र पनि करिब ४० परिवारलाई चामल,दाल, नुन तेल जस्ता खाद्यान्न दिएको तर त्यसले एक हप्ता बढी नपुग्ने उनले बताए । परिवर्तनका लागि हाम्रो आवाज अभियानका अभियन्ताहरुको सहयोगमा उक्त राहत दिएको उनले जानकारी गराए । नेता लामा संगै रहेका परिवर्तनका लागि हाम्रो आवाज अभियानका युवा अभियन्ता साजन विश्वकर्माले आफूहरु एक छाक खाएर पनि मजदुरलाई भोको बस्न नदिने बताए । पसिना बगाएर खाने मजदुरलाई समस्यामा सहयोग गर्दा श्रम प्रति सच्चा सम्मान हुने उनको भनाइ छ ।

    युवा अभियन्ता बिकले श्रमिक परिवारलाई खाद्यान्न उपलब्ध गराउदा सन्तोष मिल्ने गरेको बताए । ”हाम्रो पनि एउतै वर्ग भएकोले होला, सहयोग गर्दा आनन्द आउछ । ” उनले भने । महामारीले मानिसहरु लाई स्वार्थी बनाएको र समाजमा अरुलाई नहेरी आफ्नै बारेमा मात्र सोच्ने बनाएको प्रति चिन्ता व्यक्त गर्दै अभियन्ता बिकले सरकारको उपस्थिति यस्तै बेलामा चाहिने भएपनि सरकारको उपस्थिति नहुनु दुखद भएको गुनासो गरे । यद्यपी समाजका सबै स्वार्थी नभई केहि अभियन्ता र दाताहरु पनि निस्किएकाले समाजमा भरथेग पुगिरहेको उनको भनाइ छ । दुखको यस घडीमा सबैले हातेमालो गरी एक भएर एकअर्काको परिपुरक बन्नुपर्नेमा जोड दिंदै अभियन्ताहरुले आ आफ्नो नजिक रहेका श्रमिक परिवारलाई सहयोग पुर्याइदिनुहुन भक्तपुर पोस्ट मार्फत अपिल समेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...