News Portal

  • निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याइने : सिडिओ भट्टराई भन्छन, ‘हामीले खुकुलो गर्यौं’

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ जेठ २०७८
    १३५७ पटक
    भक्तपुर, १९ जेठ २०७८

    भक्तपुर, ललितपुर र काठमाडौका प्रमुख जिल्ला अधिकारीको बैठकलेले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

    जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर भने खोल्न दिने निर्णय गरिएको भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईले बताएका छन् । किराना पसल र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको उनको भनाइ छ ।

    सिडिओ भट्टाराईले यो बाहेक पनि निषेधाज्ञा केहि खुकुलो बनाउने निर्णय गरिएको खुलासा गरे । उनका अनुसार विकास निर्माणको काम खुला गरिएको छ । बिहान दिउसो नै श्रमिक राखेर काम सुचारु गर्न सकिनेछ । तर, निर्माण सामग्री राति मात्र ओसार्न पाइने उनले प्रष्ट पारे ।

    बिकास निर्माणको काम मात्र होइन, मेकानिकल वर्कसपहरु पनि अब खुल्ने भएका छन् । राति ९ बजेदेखि विहान ९ बजेसम्म मेकानिकल वर्कसपहरु सञ्चालन गर्न दिइने र किसानलाई कृषी कार्यमा रोक नलगाउने तर स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गर्नुपर्ने बताइएको छ । यसबाट किसान र मजदुर वर्गलाई राहत हुने अपेक्षा गरिएको छ ।

    निषेधाज्ञा खुकुलो हुने भनिए पनि यातायात संचालनमा कडाइ कायमै गरिएको बताइएको छ ।

    वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट एक साता थपिएको निषेधाज्ञा अझ कडा पारिएको थियो । चौतर्फी आलोचनापछि निषेधाज्ञा खुकुलो पारिएको हो । भक्तपुरमा पाँच दलीय गठबन्धनले निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गरिखाने श्रमिकहरु र खेतीको सिजनमा किसानहारु मारमा परेका र बिकास निर्माणमा समेत गतिरोध उत्पन्न गरिएको भन्दै सिडिओ भट्टराईलाई ध्यानाकर्षण गराएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...