News Portal

  • प्रेस काउन्सिलको अध्यक्षमा भक्तपुरमा बसोबास गर्दै आएका बस्नेत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० जेठ २०७८
    १०५८ पटक
    भक्तपुर, २० जेठ २०७८

    प्रेस काउन्सिल नेपालको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।

    दोलखा स्थायी घर भएका बस्नेत भक्तपुरको ठिमीमा बसोबास गर्दै आएका छन् । उनी लामो समय कान्तिपुर दैनिकमा आवद्ध थिए भने पछिल्लो समय खुलानेपाल अनलाइन संचालन गर्दै आएका छन् ।

    सत्तारुढ नेकपा एमाले निकट प्रेस चौतारीसंग आवद्ध पत्रकार बस्नेत नेपाल टेलिभिजन संचालक समितिको सदस्य समेत हुन् । भर्खरै उनी राष्ट्रिय समाचार समितिको महाप्रवन्धकका लागि पनि सर्ट लिस्टमा परेका थिए । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य बस्नेत हालै सम्पन्न निर्वाचनमा महासचिव पदमा पराजित भएका थिए ।

    सरल स्वभाव भएका बस्नेत व्यवसायिक पत्रकार मानिन्छन् । उनको कार्यकालमा प्रेस काउन्सिलले कुशल नेतृत्व प्राप्त गर्ने उनका समकक्षीहरु बिश्वास व्यक्त गर्दछन् ।

    सञ्चारमाध्यमको अनुगमन, मूल्याङ्कन गरी मर्यादीत तथा जिम्मेवार बनाउन प्रेस काउन्सिल नेपालको महत्वपूर्ण भूमिका रहेको छ । काउन्सिल अध्यक्षको पदावधी ४ वर्ष रहने गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...