News Portal

  • ललितपुरमा कोभिडका कारण निधन भएकाको परिवारलाई १ लाख, निको हुनेलाई ५० हजार दिइने

    बुद्धशरण शाही/ भक्तपुरपोस्ट ललितपुर, २१ जेठ २०७८
    १८०६ पटक
    ललितपुर, २१ जेठ २०७८

    ललितपुर महानगरपालिकाले कोभिड १९ संक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।

    महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आज पत्रकार सम्मेलन गरि ललितपुर महानगरपालिका भित्रका स्थायी बसोबास गर्ने व्यक्तिहरु कोभिड -१९ संक्रमित भइ उपचारको क्रममा निधन भएका व्यक्तिका परिवारलाई महानगरले प्रति मृतक १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताएका हुन ।

    मेयर महर्जनले कोभिड़को आइसीयू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरुलाई जनही ५० हजार र अस्पतालमा उपचार गराई निको हुने प्रति ब्यक्ति २५ हजार रुपैयाँ प्रदान गरिने समेत जानकारी दिए ।

    महानगरले प्रदान गरेको यस सहयोग प्राप्त गर्न स्थानीय वडा कार्यालयको सिफारिसपत्र लगायत आवश्यक कागजपत्र सहित महानगरमा सम्पर्क गर्नुपर्ने बताइएको छ । महानगरका प्रवक्ता राजु महर्जनले आवश्यक कागजपत्रको अनुसन्धान गरी सहयोग उपलब्ध गराइने बताए ।

    प्रवक्ता राजु महर्जनका अनुसार महानगका प्रत्येक वडामा पिसिआर र एन्टिजेन परीक्षणको व्यवस्था गरिदै आएको छ । वडा नं. २६ सुनाकोठीस्थित नेपाल युथ फाउण्डेसनको पोषण पुनर्स्थापना गृहमा एचडीयूसहितको ५० शय्याको आइसोलेसन सेन्टर र वडा नं-४ स्थित बागडोलमा रहेको ज्यापु समाजको वृद्धाश्रम आनन्द निकेतन भवनमा १० शय्याको आइसोलेसन सेन्टर संचालन गरिएको उनले जनाएका छन् ।

    उनले मनोसामाजिक परामर्श, पौष्टिक र सन्तुलित खानाको निःशुल्क व्यवस्था र अक्सिजनसहितको अत्याधुनिक आइसोलेसन सेन्टर सञ्चालन गर्दै आएको भक्तपुर पोस्टलाई जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...