News Portal

  • गुरुको नाम बद्नाम :बाल यौनदुराचारको अभियोगमा भक्तपुर प्रहरीद्वारा २ पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ जेठ २०७८
    २२९५ पटक
    भक्तपुर, २१ जेठ २०७८

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा यौन दुराचारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्ने शिक्षक हरि कृष्ण कोजु हुन् ।

    उनीमाथि गुण्डुस्थित आफ्नै घरमा आफैले अध्यापन गराउने १३ बर्षकी बालिकालाई यौन दुराचार गरेको अभियोग लागेको छ । गत मङ्सिरको घटनाको पोल खुलेपछि शिक्षक कोजु पक्राउ परेका प्रहरीले जनाएको छ ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले गत बुधवार पिडित बालिकाको आमाले दिएको उजुरीको आधारमा शिक्षक कोजुलाई पक्राउ गरिएको जानकारी दिए । आरोपित शिक्षक कोजुले गत मङ्सिर १६ गते भोज खान भनी आफ्नो घरमा बोलाई सोही दिन १ बजेको समयमा नाबालिकाको संवेदनशिल अंगमा समाति बालयौन दुराचार गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

    त्यसैगरी उनी बालिकालाई बाल यौन दुराचार गरेको आरोपमा अर्का तेक्वान्दो गुरु पनि पक्राउ परेका छन् । पक्राउ पर्ने तेक्वाण्दो गुरु चुलाई मुखिया हुन् । गत चैत १ गते बिहान तेक्वाण्दो खेल खेल्न गएको अवस्थामा तेक्वाण्दो गुरुले पनि अन्दाजी ०६:३० बजेको समयमा बालिकालाई सल्लाघारी स्थित एकान्त स्थानमा बोलाई संवेदनशिल अंगमा समाति बाल यौन दुराचार गरेको आरोप लागेको छ ।

    बालिकालाई राम्रोसंग गेम सिकाई दिन्छु भनी उनले एक्लै पारी यौन दुराचार गरेको उजुरीमा उल्लेख छ । मुखिया सिर्जनानगरमा बसोबास गरी बिगत लामो समयदेखि तेक्वान्दो खेल खेलाउदै आएका प्रशिक्षक हुन् ।

    गत बुधवार महानगरीय प्रहरी वृत्त जगातीमा बाल यौन दुराचारको उजुरी परेको वृत्त प्रमुख डिएसपी राजेश थापाले पुष्टि गरेका छन् । बालिकाको आमाले उजुरी दिएपछि आरोपित दुबैजनालाई पक्राउ गरी वृत्तमा अनुसन्धानको लागि राखिएको उनले बताए । पिडित बालिकाले हदै भएपछि आफूमाथिको यौन दुर्व्यवहार आमालाई बताएकी र उक्त अपराध बाहिर आएको बताइएको छ । पक्राउ परेका कोजु र मुखियामाथि छुट्टा छुट्टै आवश्यक अनुसन्धान कार्य भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...