News Portal

  • कोभिड कहरमा जनसेवा समाज भक्तपुरको सकारात्मक प्रयास

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ जेठ २०७८
    १२०३ पटक
    भक्तपुर, २५ जेठ २०७८

    कोरोना भाइरस संक्रमण भएर आफन्त गुमाएकाहरुको पिडा शब्दमा व्यक्त गर्न सकिंदैन । आफन्तको मृत्युमा शव अंगालो हालेर रुन पनि नपाउने यो महामारीको पिडा कसैलाई पनि नपरोस । तर, जसलाई पर्छ उसले यसलाई व्यहोर्नु बाहेकको विकल्प पनि छैन ।

    भक्तपुरमा कोरोना संक्रमित आफन्त गुमाएका केहि मानिसहरु समयमै शव सदगत गरी काजक्रिया शुरु गर्न समेत नपाउदा ज्यादै निरिह र मनोबैज्ञानिक रुपमै कमजोर भएका छन् । आफन्त र छरछिमेक मर्दापर्दाका लागि भएपनि यो बेला उनीहरु आशु पुछ्न त के नजिकसम्म आएर समवेदना दिन पनि डराउने हुँदा पनि मृतकका परिवार नितान्त संसारमा आफू एक्लो भएको महसुस हुने बताउछन् ।

    शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले समयमै शव उठाउन आफ्नो भरपुर प्रयत्न त गरेकै छ । तरपनि होम आइसोलेसनमा बसेकाको मृत्यु पछि शव व्यवस्थापनमा समय लाग्ने गरेको पाइएको छ । अस्पतालमा मृत्यु हुँदा शव अस्पतालले हेर्ने भएतापनि होम आइसोलेसनमा ज्यान गुमाएका सदस्यको शव उठाउन नपाउदा आफ्नै जीवन बोझ झैँ लाग्ने पिडित परिवारहरुको अनुभव छ । भक्तपुरका एक अगुवा युवा चन्द्र सुवालले आफ्नो हजुर आमाको शव ४८ घण्टा सम्म पनि उठाउन नसकिएको पिडा व्यक्त गरेका छन् भने अर्का अगुवा युवा कृष्णराम जाकींबन्जारले पनि यस्तै समस्या बेहोर्नुपरेको सुनाए ।

    नेपाल स्काउटका पूर्व जिल्ला आयुक्त रामगोपाल कर्माचार्यका अनुसार कोभिड पोजेटिभ भएर अस्पताल भर्ना भएका संक्रमितको मृत्युपछिको परीक्षणमा नेगेटिभ रिपोर्ट देखिए सेनाले नहेर्ने गरेको र त्यो शव छुन आफन्त पनि डराउने गरेका कारण शव व्यवस्थापनमा समस्या देखिएको बताउछन । आफ़न्तहरु कोभिड बिरामीको शव भनेर छुन डराउने र सेना नेगेटिभ रिपोर्ट छ भनेर बेवास्ता गर्ने हुँदा त्यस्ता शव व्यवस्थापनमा समस्या देखिएको उनको भनाइ छ ।

    आफैले शव व्यवस्थापनको समस्या भोगेपछि र अरुको समस्या देखेपछि भक्तपुरका युवाहरु समस्या समाधानमा जुर्मुराएका छन् । भक्तपुरमा कोरोना संक्रमण भएर निधन भएकाहरुको शव व्यवस्थापनमा सहजीकरण गर्न जनसेवा समाज भक्तपुरले स्वयमसेवक तयार पारेको छ । कोरोना भाइरस संक्रमणको समयमा बिभिन्न सामाजिक कार्यमा संलग्न यो सामाजिक संस्थाले शव व्यवस्थापनमा सहजीकरण गर्न स्वयमसेवक तयार पारेको समाजका संरक्षक साजन प्रजापतिले जनाएका छन् । सोमबार शव व्यवस्थापनको क्षेत्रमा काम गरिसकेका सामाजिक परिचालक राजेश गाँइजू बाट समाजले करिब २ दर्जन युवाहरुलाई यसबारे प्रशिक्षित गराएको प्रजापतिले बताए । समाजका संरक्षकद्वय भिष्म प्रजापति र देवेन्द्र श्रेष्ठले प्रशिक्षार्थीहरुलाई सामाजिक मूल्यमान्यताबारे प्रशिक्षित गर्दै समाजसेवा प्रति उत्प्रेरित गरेका थिए ।

    शव व्यवस्थापन सहजीकरण सम्बन्धी सैद्धान्तिक र व्यवहारिक प्रशिक्षणपछि प्रशिक्षार्थीहरु सुरक्षित किसिमले शव व्यवस्थापनमा सहजीकरणका लागि योग्य भएका जनसेवा समाज भक्तपुरका सदस्यसमेत रहेका अगुवा सामाजिक परिचालक एवं प्रशिक्षक राजेश गाँइजूले जानकारी गराए । युवाहरुलाई प्रशिक्षित गर्नु राम्रो काम भएको भन्दै उनले कोभिडको अनेक भेरियांटबारे समाचार आइरहेकोले महामारी बिकराल बन्ने स्थितिको पूर्वमूल्यांकन गरी सम्भव भएसम्मका युवालाई प्रशिक्षित गर्नुपर्ने आवश्यकता औल्याए । ” बिपद व्यवस्थापनका तालिम प्रयोगमा ल्याउन नपरोस भन्ने कामना गरौँ, तर बिपत उत्पन्न भैहाले व्यवस्थापनको तयारी अवस्थामा बसौं ।” उनले भने ।

    प्रशिक्षक एवं सामाजिक परिचालक गाँइजूले यस्ता तालिमहरु सरकारी तवरबाट हुनुपर्नेमा सो हुननसकेको प्रति चिन्ता व्यक्त गरे । स्थानीय सरकारले यसबारे चासो राख्नुपर्ने उनको सुझाव रहेको छ । जनसेवा समाज भक्तपुरका सह संयोजक राम प्रजापतिले भक्तपुर सास्कृतिक शहर भएको र नेवा समुदायको गुठी परम्परालाई जीवन्तता दिन प्रत्येक गुठीका युवा सदस्यलाई शव व्यवस्थापनको समेत तालिम दिने आफ़्फ़ोहरुको तयारी रहेको जानकारी गराए । कोभिडको केसमा आफूहरु संक्रमितलाई स्वास्थ्य सामाग्री वितरण, निषेधाज्ञाका कारण पिडित बिपन्न वर्गलाई राहत वितरण, बिभिन्न जनचेतनामुलक कार्यक्रम लगायतमा लागिरहेको भन्दै उनले जनसेवा समाज जनतासंग जोडिएको युवा अभियान भएको बताए । समाजका संयोजकको रुपमा अगुवा युवा श्याम शरण श्रेष्ठले जिम्मेवारी पाएका छन् भने जनसेवा समाजलाई एक जिम्मेवार संस्थाको रुपमा अघि बढाइने अभियन्ता नरेश रंजित दावी गर्छन । शव व्यवस्थापनमा समेत युवा स्वयमसेवक तयार पारी सहजीकरण गर्ने अभियान शुरु भएको उनको भनाइ छ ।

    शव व्यवस्थापनका लागि सम्बन्धित च्यानलबाट खबर हुँदै सेना आउनुपर्ने भएकोले पनि समय लाग्नु स्वाभाविकै हो । आफ्नै आखाँ अगाडीको आफन्तको शव हेरिबस्नुपर्ने बाध्यताबाट मुक्त गर्न भक्तपुरमा नागरिकस्तरको प्रयत्नबाट यस अघि पनि शव व्यवस्थापन भएको देखिन्छ ।पछिल्लो समय भने नेपाली सेनाको हेडक्वार्टरको निर्देशनले त्यसमा रोक लगाइएपछि समस्या उत्पन्न भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सचिव संजीप घिमिरे बताउँछन् । कोभिडको पहिलो लहरमा नै संक्रमित मृतकहरुको शव व्यवस्थापनमा संलग्न रही स्वयमसेवा दिंदै आएका भक्तपुरका सामाजिक परिचालकहरु राजेश गाँइजू, अरुण सैंजू लगायतको टिमको नै अवमूल्यन हुनेगरी उनीहरुलाई निषेध गर्नु नहुने उनको भनाइ छ । शव व्यवस्थापन सहजीकरणमा स्थानीय स्वयमसेवक प्रयोग हुनसके पिडित परिवारमा शिघ्र सहानुभूतीको प्रत्याभूती हुने र नेपाली सेनासंग शिघ्र समन्वय गरी शव व्यवस्थापनमा सहजीकरण हुने जानकार जनप्रतिनिधिहरु बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...