News Portal

  • रहेनन् भक्तपुर प्याब्सनका पूर्व अध्यक्ष समेत रहेका शिक्षासेवी राजकुमार महर्जन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ जेठ २०७८
    २७१३ पटक
    भक्तपुर, २५ जेठ २०७८

    भक्तपुरले एक प्राज्ञिक व्यक्तित्वलाई गुमाएको छ । भक्तपुर प्याब्सनका पूर्व अध्यक्ष समेत रहेका शिक्षासेवी राजकुमार महर्जनको निधन भएको छ ।

    बालकोटस्थित विद्यालय माउन्ट भ्यु इंगलिस बोर्डिंग स्कूलका सस्थापक प्रिन्सिपल समेत रहेका महर्जनको आज उपचारको क्रममा निधन भएको सूर्यविनायक नगर प्याब्सनका अध्यक्ष सानुराजा कार्कीले पुष्टी गरेका छन् । सूर्यविनायक प्याब्सनका सल्लाहकार र केन्द्रीय प्याब्सनका प्राज्ञिक सल्लाहकारसमेत रहेका महर्जनको निधनले अपूरणीय क्षती भएको उनले बताएका छन् ।

    करिब ५४ वर्षीय महर्जन कोरोना भाइरस संक्रमणमा परेपछि बैशाख १२ गते अस्पताल भर्ना भएका थिए । एक साता अघि कोरोना रिपोर्ट नेगेटिभ आएका उनी अस्पतालमै स्वास्थ्य लाभ गरिररहेका थिए । मंगलवार दिउँसो बि एण्ड बि अस्पतालमा उनको निधन भएको हो ।

    उनको पार्थिव शरीरलाई बालकोट स्थित घाटमा ल्याइएको छ । स्वर्गीय महर्जनलाई अन्तिम श्रद्धान्जलीका लागि शिक्षाकर्मी र संचारकर्मीहरु बालकोट पुगेका छन् । संचार क्षेत्रलाई माया गर्ने शिक्षाविद महर्जनको निधनमा नेपाल पत्रकार महासंघ भक्तपुरले पनि गहिरो दुख ब्यक्त गरेको छ । उनी महासंघको भक्तपुर शाखाले स्थापना गरेको स्वर्गीय भगवान महर्जन स्मृती पत्रकारिता पुरस्कारका दाता समेत रहेका सचिव संजीप घिमिरेले जनाएका छन् । सो पुरस्कारका लागि उनले १ लाखको अक्षय कोष खडा गरिदिएपछि प्रत्येक वर्ष महासंघले विशिष्ट योगदान पुर्याएका एक पत्रकारलाई १० हजार रुपैयाँसहितको भगवान महर्जन स्मृती पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

    स्वर्गीय महर्जनका श्रीमती र १ छोरा छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...