News Portal

  • युद्धको बेला नलड्ने सिपाही र महामारीमा काम नगर्ने स्वास्थ्यकर्मी एकै हुन् : बिजुक्छे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ जेठ
    १५५४ पटक
    भक्तपुर, २८ जेठ

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पैसाका लागि डाक्टर बनेकाहरूको चरित्र कोभिड महामारीले उदाङ्गो बनाइदिएको बताएका छन् । पैसा कमाउन डाक्टर बनेकाले अहिले बिरामीको सेवा नगरेका उनले बताएका हुन् ।

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको आयोजनामा जनस्वास्थ्य सेवा केन्द्र र ख्वप अस्पताल कोभिड युनिटमा काम गरिरहेका चिकित्सक, नर्स, कर्मचारीहरूबीच शुक्रबार अनलाइनबाट मार्गनिर्देश गर्दै अध्यक्ष बिजुक्छेले जनताको सेवामा बिनास्वार्थ लाग्नुपर्नेमा जोड दिए ।

    कोभिड १९ महामारी पनि एकप्रकारको युद्ध भएको भन्दै उनले युद्धको बेला नलड्ने सिपाही र महामारीको समयमा  काम नगर्ने स्वास्थ्यकर्मी कहिल्यै काम नलाग्ने बताए । भक्तपुरका चिकित्सक, नर्स तथा कर्मचारीहरूले अझ बढी सक्रियतापूर्वक निःस्वार्थ भावले काम गर्नुपर्ने बताउदै अध्यक्ष बिजुक्छेँले महामारीमै स्वास्थ्यकर्मीको सही मूल्यांकन हुने जानकारी गराए ।

    उनले नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालप्रति जनताको सद्भावना निकै प्रशंसनीय भएको भन्दै जनतालाई निरास पार्ने कुनै पनि काम नगर्न निर्देशन समेत दिए । नगरपालिकाको आह्वानकै भरमा करोडौंको रकम जम्मा हुनु भनेको नगरपालिकाप्रति जनताको विश्वास भएको भन्दै उनले अस्पतालले रामो सेवा दिनसके मात्र जनताको त्यो ऋण तिरिने बताए  ।

    स्वास्थ्य सेवामा रहेका डाक्टर, नर्स र कर्मचारीको व्यवहार राम्रो नभए जनताको गुनासो आउनु स्वाभाविक भएको भन्दै अध्यक्ष बिजुक्छेँले जनताको गुनासोलाई आफूमा भएको कमी कमजोरीलाई समयमै सुधार गरी असल बन्ने अवसरको रुपमा लिन प्रेरित गरे ।
    भक्तपुरको स्वास्थ्य क्षेत्र राम्रो भए अरु नगरपालिकाले पनि सिको गर्नसक्ने हुँदा नमूना अस्पताल बनाएर आवश्यक पर्दा ती चिकित्सक टोलीले देशका विभिन्न जिल्लाहरूमा गई सेवा गर्न सक्नेगरी सक्षम जनशक्ति व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

    चिनियाँ कम्युनिष्ट पार्टीले नेमकिपा दिएको स्वास्थ्य सामाग्री सहयोग नेपाली जनताको निम्ति भएको बताउदै उनले नेमकिपाको मुख्य उद्देश्य जनताको जीवन जोगाउने र जनताको सेवा गर्ने भएको भनेका छन् ।

    उक्त अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना महामारीमा अग्रपंक्तिमा रहेर सेवा गर्नेहरूप्रति उच्च सम्मान व्यक्त गर्दै महामारीको समयमा स्वास्थ्यकर्मीहरू पछि हट्दा समाजलाई जोगाउन मुश्किल पर्ने बताए ।
    उनले क्यानाडाका डा. नर्मन बेथुनले चीनको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानबारे चर्चा गर्दै विश्वभर बेथुनलाई चिकित्सकले आदर्शको रुपमा लिने गरेको र नेपाली चिकित्सकहरूले पनि उनीबाट प्रेरणा लिएर सेवा गर्नुपर्नेमा जोड दिए  ।
    जनताको साथ, सहयोग र मायाले भक्तपुर नपालाई अझ उत्साहित भएर अगाडि बढ्न प्रेरणा मिलेको बताउदै उनले ख्वप अस्पतालले भविष्यमा राष्ट्रिय स्तरको स्वास्थ्य सेवा दिने सोचका साथ अगाडि बढिरहेको समेत उद्घोष गरे ।

    नेमकिपाक केन्द्रीय सदस्य समेत रहेका नगर प्रमुख प्रजापतिले जनतालाई प्रत्यक्ष रुपमा हित हुने काम आफ्नो पार्टीले गर्छ भन्ने विश्वास भएकै कारण नेमकिपाप्रति जनताको आशा र विश्वास अझ बढेको र जनतालाई निरास र विश्वासघात नेमकिपाले कहिल्यै नगर्ने दावी गरे ।

    कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी,शाखा अधिकृत गौतमप्रसाद लासिवा,ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवा लगायतले पनि आफ्नो मन्तब्य प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...