News Portal

  • भक्तपुरे गायक धौभडेलको म्युजिक भिडियो ‘मन दुख्यो’ सार्वजनिक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ जेठ २०७८
    ८६९ पटक
    भक्तपुर, २९ जेठ २०७८

    कोरोनाका कारण बिश्व नै आक्रान्त भइराखेको बेलामा भक्तपुर सांगीतिक समाजका कोषाध्यक्षसमेत रहेका गायक रोशन धौभडेलको म्युजिक भिडियो “मन दुख्यो” वरिष्ठ साहित्यकार तथा गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा जुम मार्फत सार्वजनिक भएको छ । कोरप्रीउ अडियो भिडियो मिलको प्रस्तुति रहेको यो गीतको गीतकारमा उज्वल बस्नेत (अमेरिका), अबधारणा एवं निर्देशनमा सुशील चालिसे (अस्ट्रेलिया), गायन तथा संगीतमा रोशन धौभडेल (नेपाल) र छायांकन एवं सम्पादनमा रिक्की कर्माचार्य (नेपाल) को भूमिका रहेको छ ।

    प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा गीतकार राजेन्द्र थापाले गायकी राम्रो भन्दै समाधान गर्न मिल्ने थोरै मिक्सिङको समस्यालाई सुधार्न सुझाव दिए । थापाले कलेज पढदाको १७-१८ बर्षको उमेरमा नै २०१६ सालमा आफूभन्दा १५ बर्ष जेठा यादव खरेल संगसंगै गीत रेकर्ड गरेको र आफूभन्दा १०-१५ बर्ष जेठा हरिभक्त, कालिप्रशादहरु भन्दा संयोग र भाग्यका कारण रेकर्डिङमा जेठा हुन पुगेको स्मरण गरे ।

    वरिष्ठ साहित्यकार ध्रुव मधुकर्मीले परिकल्पना राम्रो भएकोले धेरै दर्शक तान्न सक्ने भए तापनि गायकलाई शुरुदेखि अन्तसम्म गायकको रुपमा मात्रै नभएर कलाकारको रुपमा पनि देखाइएको भए अझै राम्रो हुने धारणा राखे ।

    वरिष्ठ गीतकार सुभासचन्द्र ढुंगेल आफू गीतकार भएको कारण शब्द कसरी शुरु भएको छ त्यसमा आफूले ध्यान दिने र यो गीतको शुरुवात ‘मन दुख्यो भित्रभित्रै, आँशु आँखाभरी असारको पानी होइन होइन साउने झरी’ नै मन छुने खालको भएकोले गीतकारमा संभावना देखेको बताउँदै गायक रोशन धौभडेललाई जस्तो गीत दिंदा पनि न्याय गर्न सक्ने क्षमता राख्ने राम्रो संभावना भएको भन्दै प्रशंसा गरे । उनले रिक्की कर्माचार्य पनि भक्तपुरको राम्रो संभावना बोकेका भिडियोग्राफरको रुपमा भएको बताए । ढुंगेलले ३० को दशकमा आफू रेडियो नेपालमा गिती कथा लेख्दा अहिलेसम्म पनि चर्चामा रहेका राजेन्द्र थापाकै धेरै गीतहरु प्रयोग गरेको स्मरण गर्दै उहाँको क्षमतालाई भक्तपुरले भरपुर सदुपयोग गर्न नसकेका कारण भक्तपुर सांगितिक समाजले त्यसो गर्ने अबसर नचुकाओस भन्ने सुझाव दिए ।

    लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाजका विस्व सल्लाहकार रामकुमार श्रेष्ठले आधुनिक प्रबिधिको सहारा लिएर लकडाउनको यो समयमा तीन फरक महादेशमा बसिरहेका गीतकार, गायक र निर्देशकले जे जसरी यो सांगितिक भिडियो ल्याए यो प्रसंशनिय काम भन्दै यस्ले अरु थप यस्तै र योभन्दा राम्रो काम गर्न उत्प्रेरित र अभिप्रेरित गरोस भनी शुभकामना दिए ।

    कन्दरा ब्याण्डका हस्ती लोकप्रिय गायक बिवेक श्रेष्ठ ६० को दशकको पुरानो गीतलाई सुहाँदो बाजाहरुको प्रयोग मार्फत न्याय दिएको र पुरानो गीत ल्याएर प्रसंशनिय काम गरेको बताउँदै रोशन धौभडेल राम्रो संभावना बोकेका गायक भनी प्रसंशा गरे ।

    एनआरएन ग्लोबलका क्यानडा निवासी अभिमन्यु बस्नेतले आबस्यक पर्दा सांगितिक क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताए ।

    मोर्डन बोर्डिङ एबं कलेजका प्रिन्सिपल अनिल कस्पालले यस्तो जटिल समयमा गरिएको काम प्रसंशनिय भएको बताए ।

    भक्तपुर सांगितिक समाजका सचिब अलबर्ट बज्राचार्यले राजेन्द्र थापामा भएको अथाहा ज्ञान र सीपको भक्तपुरबासीले फायदा लिन नसकेकोमा चिन्ता ब्यक्त गरे ।

    भक्तपुर साङ्गितिक समाजका अध्यक्ष तथा गायक प्रबिण शाहीद्धारा सन्चालित कार्यक्रममा सुशील चालिसेद्धारा स्वागत मन्तब्यका साथै म्युजिक भिडियोको बारेमा जानकारी गराएका थिए । जुम कार्यक्रमको लागि चैतन्य ईन्स्टिच्युट अफ म्यनेजमेन्ट बानेश्वर काठमाडौका प्रबन्ध निर्देशक गणेश प्रसाद जोशीले सहयोग गरेका थिए ।

    हेर्नुस् भिडियो

     

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...