News Portal

  • अमेरिका बस्ने कटुञ्जेका युवाहरुद्वारा आफ्नो जन्मभूमीकालागि स्वास्थ्य सामाग्री सहयोग

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, ३० जेठ २०७८
    १३६६ पटक
    भक्तपुर, ३० जेठ २०७८

    सूर्यविनायक नगरपालिका–५ कटुञ्जे घर भई हाल अमेरिकामा बसोबास गर्ने युवाहरुले आफ्नो जन्मभूमीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोभिड महामारीबाट कटुञ्जेबासीलाई बचाउन उनीहरुले स्थानीय स्वास्थ्य चौकीलाई अक्सिजन कन्सनट्रेटर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् ।

    स्थानीय अनुवा युवाहरु रामबहादुर थापा, अशोकराज ढुंगेलहरु मार्फत उक्त सामाग्रीहरु आइतवार एक कार्यक्रमका बीच नगरप्रमुख बासुदेव थापालाई हस्तान्तरण गरिएको हो । उक्त सामग्रीहरु सोही अवसरमा नगर प्रमुख थापाले कटुन्जे स्वास्थ्य चौकीका प्रतिनिधिहरुलाई हस्तान्तरण गरे । हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीहरुमा दुई थान अत्याधुनिक वेड, २ थान अक्सिजन सिलिण्डर, एक थान अस्सिजन कन्सनट्रेटर लगायत भएको स्थानीय नेता रामबहादुर थापाले बताए ।

    कटुञ्जेमा जन्मीहुर्की हाल अमेरिकामा विभिन्न पेशा व्यवसाय र अध्ययन गरिरहेका युवाहरुले जन्मभूमीको माया गरी पठाएको सहयोग हस्तान्तरण गरिएको स्थानीय संयोजक एवं युवा नेता अशोकराज ढुंगेलले जानकारी गराए । अमेरिकाबाट आफ्नो गास कटाएर आफ्नो जन्मभूमीका लागि सहयोग पठाउनु ज्यादै सह्रानीय कार्य भएको भन्दै कटुञ्जेका स्थानीय समेत रहेका वरिष्ठ पत्रकार रमेश खड्काले खुशी प्रकट गरे । त्यसैगरी युवा संघका भक्तपुर अध्यक्षसमेत रहेका स्थानीय युवा नेता दीपक थापाले विदेशबाट आफ्नो जन्मभूमीका लागि गरिएको सहयोगले अन्य युवाहरुलाई पनि आफ्नो गाउँठाउँको सेवामा योगदान गर्न प्रेरित गर्ने बिश्वास व्यक्त गरे भने युवा अगुवा रन्जनराज ढुङ्गेलले आगामी दिनमा पनि सहयोग भैरहने आशा गरेका थिए । उक्त अवसरमा  स्वास्थ्य चौकीकी कर्मचारी स्वस्ती अधिकारीले प्राप्त सहयोगले स्वास्थ्य सेवाप्रवाहमा ठूलो राहत मिलेको प्रतिक्रिया दिएकी छन् ।

    स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरबासीहरुको साथ् सहयोगबाट कोभिड बिरुद्ध लड्न साहस मिलेको बताए । देशविदेशबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै उनले शिक्षा र स्वास्थ्य नगरपालिकाको प्रमुख प्राथमिकतामा रहेको पनि प्रष्ट पारे । जगतीमा सूर्यविनायक नगर अस्पताल सञ्चालनको अन्तिम तयारी अवस्थामा रहेको जानकारी गराउदै नगरप्रमुख थापाले आफ्नै अस्पताल संचालन भएसंगै स्वास्थ्य क्षेत्रमा ठूलो राहत मिल्ने उद्घोष समेत गरे ।

    उक्त अवसरमा वडा अध्यक्ष एवम् कटुञ्जे स्वास्थ्य चौकीका अध्यक्ष राजकुमार जोशीले कटुञ्जे जन्मथलो भई हाल अमेरिका बस्ने नेपालीहरुको सहयोगप्रति आभार प्रकट गर्दै कोभिड बिरुद्धको लडाइमा आवश्यक स्वास्थ्य सावधानी र सतर्कता सहित निषेधाज्ञाको पालना गर्न स्थानीयसंग अपिल गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...