News Portal

  • नेपाल पत्रकार महासंघ भक्तपुरको निष्कर्ष : बागमती प्रदेशले निरङ्कुश प्रेसको परिकल्पना गर्यो

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ असार २०७८
    ७६४ पटक
    भक्तपुर, ६ असार २०७८

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले प्रमुख जिल्ला अधिकारीमार्फत बागमति प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । बागमति प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा आमसञ्चारमाध्यम स्थापना गरी सञ्चालन गर्न बजेट विनियोजन गरेको बिरोधमा महासंघले ज्ञापन पत्र बुझाएको हो ।

    आइतवार अध्यक्ष जगतकृष्ण प्रजापतिको नेतृत्वमा महासंघका प्रतिनिधिहरु जिल्ला प्रशासन कार्यालय  पुगी प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई मार्फत ज्ञापन पत्र बुझाएका हुन् । उक्त अवसरमा महासंघको तर्फबाट शाखाका संस्थापक अध्यक्ष रमेश खड्का, पूर्वअध्यक्ष विकल प्रसाद श्रेष्ठ, महासंघ उपत्यका प्रदेश समितिका सचिव एवम् शाखाका पूर्वअध्यक्ष अमर भुजु, निवर्तमान अध्यक्ष पुष्करराज बुढाथोकी, शाखा उपाध्यक्ष सुन्दर शिल्पकार, शाखा सचिव संजीप घिमिरे, सदस्य विकास थापालगायतको उपस्थिती रहेको थियो । बागमती प्रदेशले निरङ्कुश प्रेसको परिकल्पना गरेका कारण त्यसको खारेजीका लागि ज्ञापन पत्र पेश गरिएको सचिव संजीप घिमिरेले प्रष्ट पारे ।

    ज्ञापनपत्रमा निजी तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई घाँटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने मनासयले लोकतन्त्रको मूल्य मान्यतालाई समेत उपहास हुने गरी बागमति प्रदेश सरकार आफैंले सञ्चारमाध्यम स्थापना गरी सञ्चालन गर्न बजेट विनियोजन गरेको हाम्रो ठहर गरिएको छ ।

    संघीय सरकार मातहत रहेका सञ्चारमाध्यमसमेत स्वायत्त र स्वतन्त्र बनाउन गृहकार्य भइरहेको सन्दर्भमा बागमति प्रदेश सरकार आफैले आमसञ्चारगृह सञ्चालन गर्न खोज्नुले स्वतन्त्र प्रेसलाई निरंकुशताको कडी लगाउन खोजेको प्रष्ट भएकोे ज्ञापनपत्रमा उल्लेख छ ।

    देशभरका ६६ प्रतिशत सञ्चारमाध्यम र नेपाल पत्रकार महासंघका ४८ प्रतिशत सदस्य बागमति प्रदेशमा रहेको भन्दै महासंघ भक्तपुर शाखाले आमसञ्चार जगतको संरक्षण, प्रवर्धन तथा क्षमता अभिवृद्धिका लागि पुँजीगत अनुदानदेखि लोककल्याणकारी विज्ञापनका लागि बजेट विनियोजन गर्न माग गरेको छ । महासंघले उक्त निर्णय फिर्ता नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिँदैं सञ्चारमाध्यमको प्रवर्धन र सञ्चारकर्मीहरुको हितमा बजेट ल्याउन माग गरेको छ ।

    ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले ज्ञापनपत्र सम्बन्धित निकायमा पु¥याउने प्रतिवद्धता प्रकट गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...