सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीका मन्त्रीहरु पदमुक्त गरिदिएको छ । संसद विघटनपछि मन्त्री बनाइएका २ उपप्रधानमन्त्री राजेन्द्र महतो र रघुबीर महासेठसहितका मन्त्रीहरु पदमुक्त भएका हुन् ।
संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तार सर्वोच्च अदालतले बदर गरिदिएको हो ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संसद विघटनपछि नयाँ नियुक्ति पाएका मन्त्रीहरु पदमुक्त हुने आदेश दिएको छ ।
हेर्नुस् सर्वोच्चको आदेश