News Portal

  • भक्तपुर काँग्रेसको तर्फबाट सिन्धुपाल्चोक बाढीपिडितका लागि नगद ३ लाख ५१ हजार हस्तान्तरण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ असार २०७८
    ११८६ पटक
    bhaktapur congressभक्तपुर, ८ असार २०७८

    नेपाली कांग्रेस भक्तपुरले सिन्धुपाल्चोकका बाढी पिडितको सहयोगार्थ नगद तथा राहत सामग्री पार्टीको केन्द्रीय विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । पार्टी कार्यालयमा मंगलवार आयोजित कार्यक्रममा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

    जिल्ला सभापति दुर्लभ थापाले भक्तपुर पार्टीको तर्फबाट नगद ३ लाख ५१ हजारसहित विभिन्न जिन्सी राहत सामग्री समितिका संयोजक समेत रहेका सिन्धुपाल्चोकका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई हस्तान्तरण गरेका हुन् ।

    राहत सामग्रीमा चामल २ हजार ४ सय ७५ केजी, सोयाविन २ सय प्याकेट, चिउरा, दाल, आलु, तेल, नुनलगायतका खाद्यान्न, लत्ताकपडा, औषधिलगायत रहेको पार्टी सचिव निशान ढुंगेलले जनाएका छन् ।

    राहत सामाग्री ग्रहण गर्दै नेता बस्नेतले सिन्धुपाल्चोकको घाउमा मलहम लगाउन गरिएको प्रयास प्रति आभार प्रकट गरे । मेलम्ची र हेलम्बु जाने सडक सञ्जाल बाढीले विच्छेद गरेकोले हेलिकप्टरमार्फत बुधवार पिडितहरुलाई राहात पुर्याइने उनले बताए । राहत सामग्री लिएर भक्तपुरका कांग्रेस नेताहरुको टोली बुधवार सिन्धुपाल्चोक तर्फ प्रस्थान गर्ने बताइएको छ । भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले सिन्धुपाल्चोकको पिडामा सरकारले प्रभावकारी उपस्थिति नजनाएको भन्दै वर्तमान सरकार सत्ता लिप्सामा चुर्लुम्म डुबेकोले यसबाट अपेक्षा राख्नु नै व्यर्थ भएको जिकिर गरे ।

    उक्त अवसरमा नेपाली कांग्रेस भक्तपुरका उप सभापति हरिप्रसाद नेपाल, सचिव निशान ढुंगेल, क्षेत्र नं. १ का सभापति जीवन खत्री, क्षेत्र नं. २ का सभापति नारायणभक्त खायमली,कांग्रेस बागमति प्रदेश संसदिय दलका उपनेता एवम् सांसद कृष्णलाल भँडेललगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...