News Portal

  • भक्तपुर नगरभित्रैबाट मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ४ पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ ासार २०७८
    १८१३ पटक
    jagati police circleभक्तपुर, १३ ासार २०७८

    भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायक बाट हराएको मोटरसाइकल फेला परेको छ । हराएको १२ दिन पछि मोटरसाइकल फेला परेको हो । नगरभित्रै उक्त मोटरसाइकल नम्बर परिवर्तन गरी चलाइएको बुझिएको छ ।

    लक्ष्मण बहादुर बिकको डेराबाट उनको भे ७ प ४४१३ नं. को मोटरसाईकल गत जेठ ३० गते हराएको थियो । महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सूर्य बहादुर शाहीको कमाण्डमा खटिएका प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उक्त मोटरसाईकल नम्बर परिवर्तन गरी चलाएको अवस्थामा फेला पारेको हो । मोटरसाईकल चोरी गरेको अभियोगमा भक्तपुरकै वडा नं. ८ लिवालीबाट ४ कसुरदारलाई पक्राउ समेत गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार भक्तपुरका स्थायी बासिन्दा २ र अस्थायी बासिन्दा २ गरी ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबै ३० वर्ष मुनीका युवाहरु रहेका छन् । पक्राउ पर्नेमा धादिङ थाक्रे गा.पा. ७ स्थाई घर भई हाल भक्तपुर ८ बस्ने वर्ष २८ को सुमन भन्ने अर्जुन तमाङ, दोलखा सैलुङ गा.पा. वडा नं. २ स्थाई घर भई हाल सूर्यविनायक ६ सुन्दरबस्ती बस्ने वर्ष २९ को दिनेश तामाङ वाईबा, भक्तपुर नगरपालिका वडा नं. २ दत्तात्रय स्थाई घर भई हाल लिवाली बस्ने वर्ष १९ को वैद्य भन्ने विजय ह्याङ्जु र भक्तपुर नगरपालिका वडा नं. ८ लिवाली घर भएका वर्ष २० का साईन भन्ने रमेश कोजु रहेका छन् । भे ७ प ४४१३ नम्बरको मोटरसाइकल चोरी गरी परिवर्तित नम्बर बा ७१ प ४७०३ राखेका उनीहरुलाई मोटरसाईकल सहित नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको छ ।

    अनुसन्धानको क्रममा अभियुक्तहरुले किर्तिपुर न.पा. १५ बस्ने रबीन्द्र नेपालको बा ३६ प १५८८ नम्बरको स्कुटर समेत चोरी गरी बेचेको भनी खुल्न आएको जगाती वृत्तका डिएसपी राजेश थापाले बताए । चोरीको उक्त स्कुटर खरिद गरेको अभियोगमा काभ्रेको नमोबुद्ध नगरपालिका-४ स्थाई घर भई हाल सूर्यविनायक -१० पलाँसे बस्ने बर्ष २३ को अविनाश तामाङ र दाङ लमही स्थाई घर भई हाल पलाँसे बस्ने वर्ष २२ को आकाश मगर रहेका प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...