News Portal

  • भक्तपुर आएर एमाले प्रवक्ता ज्ञवालीको जिकिर : ओलीको कारण माओवादी शान्तिप्रक्रियामा आयो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ असार
    १०१६ पटक
    भक्तपुर, १५ असार

    राष्ट्रिय धान दिवसको अवसरमा निवर्तमान परराष्ट्र मन्त्री एवं नेकपा (एमाले)का प्रवक्ता प्रदिप ज्ञवाली र पूर्व उद्योग मन्त्रीसमेत रहेका नेकपा(एमाले)का नेता महेश बस्नेत रोपाइँमा सहभागी भएका छन् । मानो रोपेर मुरी फलाउने यो याममा उनीहरुले भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नंखेल पलासेंस्थित एक कृषि फर्मको जग्गामा धान रोपेका हुन् ।

    नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा  मंगलवार रोपाइँ कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा उपस्थित युवाहरुलाई सम्बोधन गर्दै निवर्तमान परराष्ट्र मन्त्री एवं नेकपा (एमाले)का प्रवक्ता प्रदिप ज्ञवालीले कृषिलाई हेर्ने समाजको नजरिया बदल्नुपर्ने बताए । कुकुरबिराला पाल्ने सभ्य र जनावरप्रेमी हुने तर गाइभैसी पाल्नेलाई गवार भनिने कुरा गलत भएको भन्दै उनले युवा पुस्ताले कृषि कर्मलाई गर्वको रुपमा लिई प्रोत्साहित गर्नुपर्ने आवश्यकता औल्याए । कृषिमा आकर्षण बढ्न नसक्दा ब्यापार घाटा बढेको बताउदै ज्ञवालीले ओली सरकारले कृषिमा जोड दिएको जिकिर गरे ।

    कार्यक्रममा एमालेका प्रवक्ता समेत रहेका ज्ञवालीले माओवादी केन्द्र प्रति आक्रोशपूर्ण अभिव्यक्ति समेत दिए । एमालेमा समाहित पूर्व माओवादी युवाहरु समेत सम्मिलित उक्त कार्यक्रममा उनले माओवादी कालमा चन्दा आतंक चलेको आरोप लगाए । चन्दाका लागि मानिस अपहरण हुँदा समेत कोही बोल्न नसक्ने अवस्था त्यतिबेला रहेको र चन्दा नमाग्दा मानिसहरु आफू ब्ल्याक लिस्टमा परेकोले मारिन सक्ने भन्दै भयभित हुनेगरेका दावी गरे । जातिको आधारमा राज्यलाई प्रदेशमा बाड्ने माओवादी अभिष्ट एमालेकै कारण पूरा नभएको समेत उनले खुलासा गरे । त्यतिमात्र होइन, उनले माओबादीको अशान्तिपूर्ण आन्दोलनलाई समाप्त गर्न केपी ओलीले शान्ति प्रक्रियामा ल्याएको समेत भन्न भ्याए । केपी ओलीको नेतृत्वमा माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याइएको उनको भनाई छ ।

    उक्त अवसरमा प्रवक्ता ज्ञवालीले एमाले पटक पटक लडेको र धुलो टक्टक्याउदै उठेको स्मरण गर्दै यसपटक पनि उठ्ने भन्दै निरास नबन्न र क्रियाशील रहन युवाहरुलाई आग्रह गरेका थिए ।कार्यक्रममा युवा संघका इन्चार्ज समेत रहेका निवर्तमान सांसद, पूर्व मन्त्री एवं एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले युवा संघले रोपाइको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको बताए । कृषिको महत्वबारे बुझाउन सांकेतिकरुपमा कार्यक्रम गरिएको भन्दै उनले देशका युवाहरुलाई यसले सकारात्मक संदेश दिएको दावी गरे । वर्तमान सरकारले युवा परिषद र युवा स्वरोजगार बैंक लगायतको स्थापना गरी युवालाई आत्मनिर्भर गराउन प्रयत्नशील रहेको उनले जिकिर गरेका छन् ।

    कृषिलाई प्रविधियुक्त र आधुनिकीकरण गर्दै धान निर्यात गर्ने अवस्थामा पुर्याउन सरकार प्रयत्नशील रहेको समेत उनले बताए । सामाजिक काममा युवा संघले ऐतिहासिक रेकर्ड राखेको उनको भनाई छ । अधिकांस समय युवा संघको कामको बारेमा बोलेका नेता बस्नेतले सरकारको बचाव गरेपनि बिपक्षी दलका बारेमा भने कुनै टिप्पणी गरेनन ।

    कार्यक्रममा युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेल लगायतका पदाधिकारीहरु, एमाले भक्तपुरका अध्यक्ष बचन देउजा,जिसस प्रमुख नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, उपमेयर जुना बस्नेत, चाँगुनारायणकी उपमेयर विणा बाँस्तोला, लगायतको सहभागिता रहेको थियो । उक्त अवसरमा चलचित्रकर्मी दीपाश्री निरौला र स्वस्तिमा खड्का संगीतकर्मी कृष्ण कडेँल, छत्र शाही, कल्पना दाहाल रेस्लर भगवती खड्का र अस्मिता जुरेलीलगायतको समेत सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...