News Portal

  • चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष र नेपाल-चीन सम्बन्ध

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ असार २०७८
    ११०० पटक
    भक्तपुर, १७ असार २०७८

    सन् १९२१ जुलाई १ तारिखमा चीनको सांघाई शहरमा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टी विश्वकै सवैभन्दा ठूलो र प्रभावशाली कम्युनिष्ट पार्टी हो । पछिल्लो जानकारी अनुसार यस पार्टीका क्रियाशिल सदस्यहरुको संख्या लगभग दश करोड रहेको छ । करोडौं चिनियाँ किसान, श्रमिक र मजदूर वर्गको प्रतिनिधित्व गर्ने यो पार्टी एक महान माक्र्सवादी क्रान्तिकारी राजनीतिक संगठन पनि हो ।दशकौंसम्म सामन्तवाद, साम्राज्यवाद र पछौटेपनका विरुद्दमा दशौं लाख कार्यकर्ताहरुको वलिदान पश्चात सन् १९४९ अक्टोवर १ मा जनवादी गणतन्त्र चीनको स्थापना गर्ने चिनियाँ कम्युनिष्ट पार्टी चीनको सत्तारुढ दल पनि हो ।

    चिनियाँ कम्युनिष्ट पार्टी चिनियाँ विशेषतायुक्त समाजवादी व्यवस्था स्थापनाको दिशामा गरिने कार्यको नेतृत्वदायी अंग हो । चिनियाँ कम्युनिष्ट पार्टीले चीनको उन्नतशील उत्पादन शक्तिको विकासको आवश्यकता, चीनको अग्रगामी साँस्कृतिक दिशा र आम चिनियाँ जनताको मौलिकहितको प्रतिनिधित्व गर्दछ ।

    चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च आदर्श र अन्तिम लक्ष्य साम्यवादी व्यवस्था स्थापनाको उद्देश्यलाई साकार तुल्याउनु हो । पार्टीको विधानमा तोकिएअनुसार, चिनियाँ कम्युनिष्ट पार्टीले माक्र्सवाद–लेनिनवाद, माओ च तोंग विचारधारा, तंग स्याओफिंगको सिद्धान्त र तीनवटा प्रतिनिधित्वको महत्वपूर्ण विचारलाई आफ्नो कार्य–निर्देशकका रुपमा लिएको छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालिन अध्यक्ष माओ च तोंगको नेतृत्वमा सन् १९४९ अक्टोवर १ का दिन चीनमा विद्यमान सामन्तवाद र नोकरशाही पूंजिवादी व्यवस्था ध्वस्त भएपछि चीनको आर्थिक तथा सांस्कृतिक विकास कार्यले इतिहासमा कहिल्यै नभएको अनुपम सफलता पाएको छ ।

    सन् १९७९ देखि चिनियाँ कम्युनिष्ट पार्टीले तंग स्याओ फिंगबाट प्रस्तावित सुधार र खुलापनको नीति लागू गर्न सुरु गर्यो । सुधार र खुलापनको नीति लागू भएदेखि यता चीनको राष्ट्रिय अर्थतन्त्र र सामाजिक विकासले पनि संसारको ध्यानआकर्षित गर्ने खालको उपलव्धि हासिल गरेको छ र चीनको मुहारमा पनि आकाश–पातालको परिवर्तन देखा परेको छ ।

    चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल चीनबीच आधुनिक सम्बन्धको सुभारम्भ

    चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको एक सय वर्षको अवधिमा भएको सबैभन्दा ठूलो र महत्वपूर्ण सफलता जनवादी गणतन्त्र चीनको स्थापना हो । चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालिन अध्यक्ष माओ चतोङ्गको कुशल नेतृत्वमा सन् १९४९ अक्टोवर १ तारिखका दिन नयाँ चीन स्थापना भएको घोषणा गरेपछि नै नेपाल र चीन बीचको परम्परागत सम्बन्धलेआधुनिक सम्बन्धको रुप लिन सफल भयो । जसको परिणाम स्वरुपसन् १९५५ अगस्त १ तारिखमा नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भयो । जुन सम्बन्धको आधार नयाँचीनको स्थापना थियो र नयाँचीनको स्थापना चिनियाँ कम्युनिष्ट पार्टीले गरेको थियो भन्न सकिन्छ । यसरी हेर्दा चिनियाँ कम्युनिष्ट पार्टी र नेपालबीच लामो समयदेखि प्रगाढ सम्बन्ध कायम रहेको स्पष्ट हुन्छ ।

    सन् १९७८ मा चीनका तत्कालिन नेता तंग स्याओ फिंगले सुधार तथा खुलापनको नीति लागू गरेपछि शताब्दिऔंदेखि बन्द रहेको चीनको ढोका विश्वका लागि खुला गरियो । खुलावजार अर्थतन्त्रको सिद्धान्तको व्यवहारीक प्रयोगले चीनमा लगानी गर्ने विदेशी मुलुकहरुको ओईरो लाग्यो जसले चीनको अर्थतन्त्रलाई दिनदुई गुनार रात चार गुनाको दरले विकास गर्दै आजको समृद्ध चीननिर्माण गर्न सफलभयो । चीनको आर्थिक क्रान्तिलाई खुलापनको नीतिले वलियो साथ दियो ।

    चीनको सुदृढ अर्थतन्त्र र आशलाग्दो विकासले नेपाल, पाकिस्तान, वंगलादेश, भियतनाम, लागोस, म्यानमार लगायका उसका छिमेकी देशहरु पनि लाभान्वित हुनथाले । चीनले आफ्नो विकाससँगै छिमेकी देशहरुकालागि सक्दो आर्थिक तथाप्राविधिक सहयोग उपलब्ध गराउँदै ती मुलुकहरुको भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्यो ।

    ऐतिहासिक कालदेखि नै प्रगाढ सम्बन्ध भएको नेपाललाई चीनले ठूला ठूला राजमार्गहरुको निर्माण र अत्याधुनिक कारखानाहरुको स्थापना गरिदिएर नेपालको पछौटेपन र गरिवी हटाउन सक्दो सहयोग गर्न थाल्यो । जसको फलस्वरुप हेटौडा कपडा उद्योग, बाँसबारी छालाजुत्ता कारखाना, हरिसिद्धि ईट्टा टायल उद्योग, भृकुटी कागज कारखाना, हिमाल सिमेन्ट उद्योग जस्ता औधोगिक संरचनाहरुको निर्माण भए ।

    त्यसैगरी अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, पोखरा बाग्लुङ सडक जस्ता पूर्वाधारहरुको निर्माणले एक क्षेत्रका नेपालीलाई अर्को क्षेत्रका नेपालीसँग सहजै जोड्न सहयोग मात्र गरेन अपितु नेपालको अर्थतन्त्रको मेरुदण्डलाई थप मजबुत बनाउन पनि टेवा पुग्यो ।

    राजधानी शहरको रुपमा रहेको काठमाडौंमा असहज रहेको यातायातलाई सहज बनाउनचीन सरकारले विजुलीबाट सञ्चालनहुने ट्रलीवसको निर्माण गरेर तिर्न नसक्ने गुन लगायो ।

    काठमाडौं नयाँ वानेश्वरस्थित निजामती अस्पताल, वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, भरतपुरको विपि कोइराला स्मृति क्यान्सर अस्पताल, काठमाडौंको चक्रपथ निर्माण, दरवार हाईस्कुलको पुननिर्माण, किर्तीपुरको राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्र, बनेपा पोलिक्लिनिक, भक्तपुर ईट्टा कारखाना, सेती सिंचाई ड्याम आदि चीन सरकारले नेपाललाई निर्माण गरिदिएका अन्य परियोजना तथा पूर्वाधारहरु हुन् ।

    वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १०० औं वर्षको अवसरमा शुभकामना व्यक्त गर्नु हुँदै चीन सरकारले नेपाललाई दिएको आर्थिक तथाप्राविधिक सहयोगको खुलेर प्रशंसा गरे । चीनले नेपाल र नेपाली स्वंयआत्मनिर्भर बनोस भन्ने चाहना राखेको र उत्तरी सिमानातिर सडक निर्माणमा सहयोग गरि भुपरिवेष्टिक राष्ट्र तथा एकै मुलुकमा निर्भर रहनु पर्ने बाध्यतालाई हटाउन सहयोग गरेको बताए ।

    नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा प्रसाद उप्रेतीले नेपालका सम्पुर्ण प्राज्ञिक, साहित्यिक व्यक्तिहरु तथा नेपाली जनताको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीको एक सय बर्ष पुगेको अवसरमा हार्दिक शुभकामना व्यक्त गरे ।

    उप्रेतीले चीन र चिनियाँ कम्युनिष्ट पार्टीले तय गरेको निति तथा कार्यक्रमहरु मात्र नभई आफुले तय गरेका निति तथा कार्यक्रममा कहाँ कमिकमजोरी भयो त्यसलाई पहिचान गरि तुरुन्त सुधार गरेर अगाडि बढेका कारण आजको अद्भुत सफलता प्राप्त गरेका बताउँदै, सोहीअनुरुप नेपाल र नेपाली नेतृत्वले चिनियाँ कम्युनिष्ट पार्टी तथा नेतृत्वबाट पाठ सिक्नुपर्ने बताए ।

    चीन र चिनियाँ कम्युनिष्ट पार्टीले तय गरेको निति तथा कार्यक्रमहरु मात्रनभई आफुले तय गरेका नितिअध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष शुन्दरनाथ भट्टराईले चीनको उत्थान र विकासका लागि चिनियाँ कम्युनिष्ट पार्टीको बलिदानीपुर्ण इतिहार, उदार तथा खुलापनको निति, सक्षम नेतृत्व तथा इमान्दार कार्यकर्ताका कारण सम्भव भएको भन्दै शुभकामना व्यक्त गरे ।

    नेपालीचीन र चिनियाँ कम्युनिष्ट पार्टीले तय गरेको निति तथा कार्यक्रमहरु मात्र नभई आफुले तय गरेका निति मैत्रीमञ्चको तर्फबाट डा. कल्याणराज के सीले पनि एक सयौं बर्षगाठको अवसरमा हार्दिक शुभकामना व्यक्त गरे ।

    वल्र्ड कल्चरल नेटका अध्यक्ष दिपक सरकारले चिनियाँ कम्युनिष्ट पार्टीले चीनको जनता र राष्ट्रलाई केन्द्रमा राखेर चीनियाँ जनताको गरिबी हटाउन गरेको काम संसार सामु नै सह्रानिय रहेको बताए । चीन र नेपाल बिचको सुमधुर सम्बन्ध सम्वन्ध रहेको र छिमेकी चीनको विकास सँगै नेपाल जस्तो मुलुकलाई समेत सुनौलो अवसरहरु रहेको बताए ।

    नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को अध्यक्ष डा. हरिसचन्द्र शाहले शुभकामना व्यक्त गर्दै सुमधुर सम्वन्ध रहेको नेपाल र चीनको सम्वन्धमा जनस्तरसम्म नै आगामी दिनमा सम्वन्ध प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

    नेपाल-चीन वाणिज्य मैत्री सघका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठले सयौ बर्षगाठको अवसरमा शुभकामना दिनु हुँदै नेपाल र चीनबिचको सम्वन्ध अमर रहिरहने भन्दै नेपाल र चीन विचको व्यापार सम्वन्ध पनिअझ प्रगाढ बन्दै जाने विश्वास समेत व्यक्त गरे ।

    अरनिको समाजका निवर्तमान अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले शुभकामना व्यक्त गर्दै, चिनियाँ कम्युनिष्ट पार्टीको एक सयौं बर्षमा आईपुग्दा चीनले चमत्कारीक उपलब्धी हासिल गरेको भन्दै पछिल्लो समय कोरोना माहामारीको समयमा चीनले गरेको स्वास्थ्य सामाग्री, खोप तथा कोरोना नियन्त्रणको आफ्ना अनुभवहरुबाट गरेको सहयोगको सहयोगको लागि हार्दिक धन्यवाद व्यक्त गरे ।

    नेपाल चेम्बर अफकर्मसका अध्यक्ष राजेन्द्र मल्लले सतबार्षिकीको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाल र चीन बिचको दौत्य तथाआर्थिक सम्वन्धलाई अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

    निचोड

    आफुु मात्रै धनि हुने तर छिमेकी सँधै गरीव भैरहने हो भने त्यसले विश्वमै नकारात्मक असर पुर्याउछ भन्ने कुरोलाई राम्ररी बुझेको चिनियाँ नेतृत्वले चीनले हालसम्म प्राप्त गरेका ज्ञान, सीप र अनुभवलाई विश्व मानवमात्रको विकास र उत्थानमा लगाउने उद्देश्यले बेल्ट एण्ड रोड महापरियोजना अघि सारेको होे ।

    अन्तर्राष्ट्रिय मामिलामा चिनियाँ कम्युनिष्ट पार्टीले स्वतन्त्र र स्वावलम्वीअनि शान्तिपूर्ण परराष्ट्र नीतिको अवलम्वन गरेको छ । यसै नीतिमा अडिग रहेर चिनियाँ कम्युनिष्ट पार्टीले चीनको स्वतन्त्रता र सार्वभौमिकताको संरक्षण गरिरहेको छ, प्रभुत्ववाद र शक्तिको राजनीतिको विरोध गरिरहेको छ, विश्वमाशान्तिको संरक्षण गरिरहेको छ र मानवजातिको प्रगतिलाई अघि बढाउन सहयोग गरिरहेको छ । एक–अर्काको सार्वभौमिकता र प्रादेशिक अक्षुणताको सम्मान गर्ने, एक–अर्का देशमाथि आक्रमण नगर्ने, एक–अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक हिततथा शान्तिपूर्ण सह–अस्तित्वका पाँचवटा सिद्धान्तमा आधारित भै चीनविश्वका सबै मुलुकहरुसितको सम्बन्धको विकास गरिरहेको छ । हाल चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका १२० वटाभन्दा बढी मुलुकका ३०० वटाभन्दा बढी राजनैतिक पार्टीसित मैत्रीपूर्ण सम्पर्क कायम राखेको छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीका वर्तमान महासचिव सी चिनफिङ्ग हुनुहुन्छ । त्यसैगरी चिनियाँ कम्युनिष्ट पार्टी राजनैतिक व्यूरोका स्थायी सहस्यहरुमा सी चिनफिङ्ग, ली ख छ्याङ्ग, चाङ्ग त च्याङ्ग, यु चङ्गशङ्ग, लीउयुनशान, वाङ्ग छि शान, चाङ्गकाउ लि हुनुहुन्छ ।

    चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाभएको १ सयवर्षको ऐतिहासिकअवसरमा चिनियाँ कम्युनिष्ट पार्टीका आदरणीय नेतागण, चिनियाँ कम्युनिष्ट पार्टीका सम्पूर्ण सदस्यतथा समस्त चिनियाँ जनतामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको निरन्तर प्रगतिको लागि हामी हार्दिक शुभकामना व्यक्त गर्दछौं । नेपालचीन सम्बन्ध अमर रहोस् । स्रोतः रे न्यूज डेली

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...