News Portal

  • चारदोबाटोमा दुर्घटना हुँदा मोटरसाइकल चालकको गयो ज्यान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ असार
    १२६० पटक
    भक्तपुर, २४ असार

    भक्तपुरको मध्यपुर थिमी ४ चारदोबाटो स्थित साझा पेट्रोल पम्प अगाडी अरनिको राजमार्गमा दुर्घटनामा परेका मोटरसाइकल चालकको ज्यान गएको छ । दुर्घटना आज बिहीवार  साँझ करिब साढे ६ बजे भएको हो ।

    ज्यान गुमाउने व्यक्ति बा ९३ प ९६५२ नं. मोटरसाईकलका चालक भएका प्रहरीको भनाइ छ । डिएसपी दिपक गिरीले दिएको जानकारी अनुसार  उनी जिल्ला संखुवासभा चैनपुर घर भई हाल जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे बस्ने बर्ष ४३ को प्रकाश भट्टराई हुन् ।

    काठमाडौंबाट भक्तपुर तर्फ आउदै गर्दा आफै अनियन्त्रित भई सडकको बाँया पट्टिको रेलिङमा ठक्कर खाई मोटरसाईकल चालक लाई गम्भीर घाईते भएको अवस्थामा उद्धार गरी प्रहरीले मध्यपुर अस्पताल पुर्याएको थियो । घाईतेको उपचारकै क्रममा साँझ करिब ७ बजेको समयमा ज्यान गएको सम्बन्धित चिकित्सकलाई उद्घित गर्दै प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...