News Portal

  • मन्त्रिपरिषद् बैठकले गर्यो भक्तपुरका थापालाई एआइजीमा बढुवा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ असार २०७८
    १५८० पटक
    भक्तपुर, २४ असार २०७८

    भक्तपुर घर भएका नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक(डिआइजी) सहकुल बहादुर थापा अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी)मा बढुवा भएका छन् । सरकारले उनलाई आज बिहीवार बढुवा गर्ने निर्णय गरेको हो ।

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई एआइजीमा बढुवा गरेको बताइएको छ । यस अघि गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिको बैठकले उनलाई एआइजीमा बढुवाको सिफारिस गरेको थियो ।

    मन्त्रिपरिषद बैठकले एआइजी पद थप्ने निर्णय गरेसंगै थापा गृहको बढुवा सिफारिसमा परेका थिए ।उनी पहिलो नम्बरमा डिआइजी सिफारिस भएका कारण पनि थपिएको माथिल्लो पदमा सिफारिसमा पर्न सफल भएका गृह श्रोतको भनाइ थियो । बिहीवार मन्त्रीपरिषदले सो सिफारिसलाई आधाई बनाई थापालाई बढुवा गर्ने निर्णय गरेको बताइएको छ ।

    थापा एआइजीमा बढुवा भएसंगै उक्त दरबन्दी संख्या पाँच पुगेको छ । यद्यपी प्रहरी महानिरीक्षक पदमा भने उनी र विश्वराज पोखरेल बीच मात्र प्रतिस्पर्धी हुने भएको छन् । यसअघि एआईजी विश्वराज पोखरेल आईजीका एक्ला दाबेदार थिए। एआईजीमा सहकुल बहादुर थापाको बढुवा भएसंगै पोखरेलले थापासंग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । पोखरेल र थापा एकै ब्याचका प्रहरी अधिकारी हुन् । उनीहरु दुई मध्ये एक आगामी प्रहरी महानिरीक्षक बन्ने पक्कापक्की भएको छ । तुलानात्मक रुपले हेर्दा आगामी प्रहरी महानिरीक्षकमा पोखरेलको भन्दा थापाको पल्ला भारी भएको जानकारहरु बताउछन् ।

    थापा सूर्यविनायक नगरपालिकास्थित नलिनचोक पलासेँका स्थायी वासिन्दा हुन् । पिता गणेशबहादुर थापा र माता ललितकुमारीका छोरा सहकुल बहादुर थापा २०४९ सालमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए । समयले साथ् दिएमा थापाले २०७९ वैशाखमै नेपाल प्रहरीको सर्वोच्च पद प्राप्त गर्नेछन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...