News Portal

  • असारे विकाशले गर्दा जनताको गाली खानुपरेको सूर्यविनायकका मेयर थापाको गुनासो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ असार २०७८
    ९३२ पटक
    भक्तपुर, २६ असार २०७८

    सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले असारे विकाशका कारण जनताले नगरपालिकालाई गाली गर्ने गरेको बताएका छन् । संघीय सरकारका विकाशका योजनाहरु जेठ असारमा शुरु हुँदा त्यसको दोष आफूहरुलाई आउने गरेको उनले बताएका हुन् ।

    राष्ट्रिय संचार केन्द्र भक्तपुरद्वारा शनिवार डोलेश्वरस्थित एक रिसोर्टमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मेयर थापाले विकाशका नाममा बजेट दोहन गर्ने ठेकेदार र उपभोक्ता समितिलाई नगरपालिकाले नछोड्ने जिकिर गरे । त्यस्ता ठेकेदार र समितिलाई कारवाही गर्ने उनको दावी छ । आम पत्रकारलाई अनियमितता वा लापरवाही बारे निर्धक्क समाचार लेख्न आग्रह गर्दै उनले आफूले समाचारबाट थेरै कुरा थाहाँ पाउने गरेको र त्यसको आधारमा एक्सन लिएको समेत खुलासा गरे ।

    उक्त अवसरमा नगर प्रमुख थापाले आफूहरुलाई सबै राजनीतिक दलहरुको साथ् रहेको समेत दावी गरे । यद्यपी, नगरपालिकाका केहि राम्रा आयोजनाहरुबारे अख्तियारमा उजुरी पर्दा काम गर्न समस्या भएको उनको गुनासो छ । कार्यक्रममा मेयर थापाले कोभिड १९ माहामारीका बाबजुद आफूहरुको ४ वर्षे कार्यकाल उपलब्धिमुलक रहेको दावी गरेका छन् ।

    कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले नगरपालिकाले भौतिक बिकाशमा मात्र नभई सामाजिक बिकाशमा समेत फड्को मारिरहेको जिकिर गरिन् । नगरपालिकाले जेष्ठ नागरिकलाई अपमान गर्ने परिवारलाई सेवाबाट बन्चित गर्ने, महिला तथा बालबालिका मैत्री नगरपालिका बनाउने जस्ता नीति लिएको जानकारी गराउदै उप मेयर बस्नेतले यसबाट आदर्श समाजको स्थापनामा सहयोग पुग्ने बताइन । उनले नगरपालिकाको मेयर जेष्ठ नागरिक सम्मान कार्यक्रम, मेयर बिपन्न स्वरोजगार कार्यक्रम लगायतमा प्रकाश समेत पारिन् ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव पवन आचार्यले पत्रकारहरु समाचारको विषयमा पानी जस्तै बग्नु पर्ने बताए । पत्रकारले जे हेर्न खोजेको हो त्यसमा मात्र केन्द्रीत नभई आफ्नो आखाँले देखेका कुरा जस्ताको तस्तै जनता समक्ष प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए । त्यसैगरी नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले नगरपालिकाको विकाशका लागि आवश्यक प्रचारप्रसारमा महासंघले सक्दो सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका थिए भने नगरपालिकाले गलत गरे त्यसलाई जनतासम्म पुर्याउनु पनि आफूहरुको कर्तब्य भएको स्पष्ट पारे ।

    अन्तरक्रिया कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष उपेन्द्र केसीले नगरपलिकाले गरेका कामका फ़ेयरिस्त प्रस्तुत गरेका थिए भने वडा नम्बर ८ का वडाध्यक्ष किरण थापाले अन्तरक्रियामा फ्लोरबाट उठेका प्रश्नहरुको जवाफ दिएका थिए । गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक जुनारबाबु बस्नेतले कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    राष्ट्रिय संचार केन्द्रका अध्यक्ष पेशलकुमार आचार्यको अध्यक्षतामा संचालित उक्त अन्तरक्रिया कार्यक्रमको औचित्वबारे केन्द्रका प्रतिनिधि समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं नयाँ पत्रिकाकर्मी प्रकाश धौलाकोटीले प्रकाश पारे । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका सचिव अमर भुजु, भक्तपुरका निवर्तमान अध्यक्ष पुस्करराज बुढाथोकी लगायतको समेत आतिथ्यता रहेको कार्यक्रमको संचालन संचार केन्द्रका सचिव हेमराज ढकालले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...