News Portal

  • स्वदेशमै उत्पादन भएका बस्तुहरु प्रयोग गर्न पहल गर्ने भक्तपुरका एसपी श्रेष्ठको प्रतिवद्धता

    अनिल फोजूभक्तपुर, २७ असार २०७८
    ९३५ पटक
    भक्तपुर, २७ असार २०७८

    ऐतिहासिक तथा सास्कृतिक जिल्ला भक्तपुरमा प्रहरी प्रमुख भएर आएका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलाई स्वागत गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भै आएका प्रहरी उपरिक्षक श्रेष्ठलाई आइतबार भक्तपुर घरेलु तथा साना उद्योग संघमा स्वागत गरिएको हो ।

    सो अवसरमा एसपी श्रेष्ठले भक्तपुरमा क्रियाशिल विभिन्न संघ सस्थाहरुसँग समन्वय गरेर अघि बढ्ने बताए । उनले देश विकासको मुख्य आधार लघु घरेलु तथा साना उद्योग नै रहेको बताउदै आफु कार्यरत क्षेत्रमा सकेसम्म स्वदेशमै उत्पादन भएको बस्तुहरु प्रयोग गर्न पहल गर्ने प्रतिवद्धता समेत प्रकट गरे । समाजमा बच्चाहरुले गल्ती गर्दा पुलिसलाई बोलाउँछु भनी तर्साउने गरेको कारण प्रहरी सँग साधारण जनता नजिकिन नसकेको बताउँदै एसपी श्रेष्ठले प्रहरीलाई जनमैत्री बनाउन सबैको सहयोगका लागि अपिल समेत गरेका थिए ।

    उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका अध्यक्ष प्रेम खर्बुजाले विश्वभर फैलिएको कोरोना भाईरसका कारण अरु व्यवसाय केही समय संचालन गर्न सरकारले अनुमति दिएपनि सौदर्यकला व्यवसायलाई अनुमति नदिएको कारण प्रहरी उपरिक्षक मार्फत नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्द पालना गर्ने गरी संचालन गर्न पहल गरिदिन अनुरोध गरे ।

    त्यसैगरी संघका निवर्तमान अध्यक्ष विरेन्द्र जतिले हरेक विषम परिस्थितिमा साथ दिने लघु घरेलु तथा साना उद्योग नै रहेका कारण राज्यले लघु घरेलु तथा साना उद्योगलाई हेर्ने दृष्ट्रिमा परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याए । संघका पुर्व अध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठले भक्तपुर घरेलु तथा साना उद्योग संघ स्थापनाको औचित्य र यस संघले सदस्यहरुलाई पुर्‍याउँदै आएको योगदानबारे जानकारी गराएका थिए ।

    कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय कोषाध्यक्ष सत्यनारायण प्रजापति, केन्द्रिय महिला उद्यमी समितिका उपाध्यक्ष रीता अवाल, संघका महिला उद्यमी समितिका सभापति देवकी श्रेष्ठ तथा संघका सचिव श्यामसुन्दर श्रेष्ठ लगायतले लघु घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन तथा सम्बर्द्धन गर्न सरकारले ठोस निति ल्याउनु पर्नेमा जोड दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...