इराकको कोभिड अस्पतालमा आगलागी हुँदा करिब ९० जनाको ज्यान गएको बिबिसीले जनाएको छ । उपचार गरिरहेका संक्रमितको आगोमा परी ज्यान गएको हो ।
अक्सिजन ट्याङक विस्फोट हुँदा आगो लागेको हुनसक्ने बताइएको छ ।
अप्रिलमा बगदादको एउटा अस्पतालमा भएको आगलागीमा परी ८० भन्दा बढीको ज्यान गएको थियो ।
इराकी संसदका प्रवक्ता, मोहम्मद अल-हलबुसीले ट्वीट गरे कि यो “इराकी जनताको सुरक्षा गर्न असफलताको स्पष्ट प्रमाण हो ।
इराकका प्रधानमन्त्री मुस्तफा अल–कधिमिले अस्पताल प्रमुखलाई पक्राउ गर्न आदेश दिएका छन् ।
इराकमा १४ लाख संक्रमित रेकर्ड भएको छ र कोरोनाभाइरसबाट १७ हजार भन्दा बढीको मृत्यु भएको जोन्स हपकिन्स विश्वविद्यालय तथ्यांकले देखाएको छ।