News Portal

  • ओलीको समर्थनमा सडकमा ग्वाँग्वाँ रोएर केहिपनि हुँदैन : डिपी ढकाल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३१ असार २०७८
    १५९९ पटक
    भक्तपुर, ३१ असार २०७८

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का भक्तपुर अध्यक्ष डिपी ढकालले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सडकमा ग्वाँग्वाँ रोएर केहि पनि नहुने बताएका छन् । दुई तिहाइ बहुमतसहित सरकार बनाएका ओली आफ्नै कारण बालकोट फर्किन बाध्य भएका भन्दै उनले सडकमा प्रदर्शन गर्नु ब्यर्थ भएको बताएका हुन् ।

    बुधवार पार्टीको चाँगुनारायण नगरपालिका वडा नम्बर ८ स्तरीय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ९ लाख पार्टी कार्यकर्ता भएका ओली सत्ताच्युत् हुँदा उनका पक्षमा ९ सय मानिस मात्र देखिनुले उनको अधोगति पुष्टि गरेको बताए । पार्टी एकताको मर्म विपरीत गएर नेकपा विघटन गराउने एमालेको ओली समुह कम्युनिष्ट नभएको समेत उनको दावी छ ।

    प्रचण्डले कम्युनिष्ट सरकार ढालेर कांग्रेसको सरकार बनाएको आरोपको खण्डन गर्दै नेता ढकालले ओली समुह कम्युनिष्ट त के बामपन्थी समेत नभएको जिकिर गरेका छन् । ”केपी ओली कम्युनिष्ट त होइनन् नै, बामपन्थी पनि होइनन् । उनी पुरानै सत्ता, पुरानै सोच र पुरानै प्रवृत्ती बोकेका पात्र हुन् ।” ढकालले भने । केपी ओलीको प्रतिगामी कदमको बिरोध गरेर काँग्रेसले बरु आफूलाई बामपन्थी कित्तामा उभ्याएको उनको भनाइ छ । सोहीकारण काँग्रेससंग सहकार्य भएको उनले जानकारी गराएका छन् ।

    ”बोक्न त हामीले केपी ओलीलाई काँधमै बोक्यौं, उनले काँध नै फोहोर बनाइदिएपछि भुइमा फाल्न बाध्य भएका हौँ ।” अध्यक्ष ढकालले भने । ओली सरकारले ३ पटक बजेट ल्याउदा पनि घोषणा पत्र र जनभावना अनुरुपमा कार्यक्रम नल्याएको जिकिर गर्दै  ओली सत्ता स्वार्थमा लिप्त रहेर आफ्ना व्यक्तिगत लहडले सरकार चलाउदा असफल भएका उनको भनाइ छ । पटक पटक जनप्रतिनिधिमुलक प्रतिनिधि सभा बिघटन गर्ने ओलीको असंवैधानिक र प्रतिगामी कदम सर्वोच्च अदालतले सच्याइदिएको उनले बताए । वर्तमान सरकार जनादेशबाटै बनेको र संविधान अनुसारको धाराबाट आएको बताउदै उनले ओली समुहले न्यायालयको हुर्मत लिन अनेक आरोप लगाइरहेकोप्रति आपत्ति प्रकट गरे । आफ्ना अध्यक्ष प्रचण्ड माथि औला उठाउने दुस्साहस नगर्न चेतावनी दिंदै नेता ढकालले त्यस्ता अराजनीतिक र अराजक समुहको पहिचान गरेर राख्न समेत कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    उक्त अवसरमा पार्टीका चाँगुनारायण नगर इन्चार्ज रामशरण दाहालले अध्ययन गर्न र राजनीतिक ज्ञान अभिवृद्धि गर्न उत्प्रेरित गर्दै लेलिनबादी संगठन निर्माणमा समेत जोड दिए । नयाँ पुस्तालाई पार्टीप्रति आकर्षित गर्ने योजना अघि सार्न निर्देशन दिंदै उनले आफ्नो स्वार्थका लागि नभई समाजवादी राज्यसत्त्ता स्थापनाका लागि संगठित हुनुपर्ने आवश्यकता औल्याए । ” हामीले क्रान्तिको कार्यभार पूरा गर्न नसके नयाँ पुस्ताले गर्दै जानेछ । उत्साहका साथ् बैचारिक संगठन निर्माण गरौँ ।” उनले भने । कार्यक्रममा सहइन्चार्ज रामलाल नेम्हफुकीले कार्यकर्तालाई क्रान्तिकै समयमा जस्तो इस्पातिलो बन्न उत्प्रेरित गरेका थिए भने संयोजक नरेश खड्काले युवा, किसान,मजदुर, महिला, दलित र पछाडी पारिएका वर्गको मुक्तिदाता पार्टी माओवादी केन्द्र मात्र भएकोले संगठनमा उनीहरुलाई गोलबन्द गर्दै अघि बढ्नुपर्ने बताए ।

    उक्त अवसरमा प्रेस संगठन नेपालका भक्तपुर संयोजक समेत रहेका नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरेले राजनीतिलाई अधिकत्तम जनताको हितमा प्रयोग गर्नपर्नेमा जोड दिए । निस्वार्थ राजनीति गर्ने नेता प्रत्येक समाज र राष्ट्रकै सम्पत्ती हुने भन्दै उनले निस्वार्थ राजनीति गर्नेहरुलाई पत्रकारहरुले सधै प्रेरित गरिरहने प्रतिवद्धता समेत प्रकट गरे । कार्यक्रममा वाइसिएलका भक्तपुर संयोजक नरेश वाइवाले युवाहरु परिवर्तनका सम्बाहक भएका भन्दै आफूहरु प्रत्येक टोलमा युवाहरुलाई गोलबन्द गर्ने अभियानमा रहेको खुलासा गरे । प्रत्येक टोलमा वाइसिएलको कमिटी निर्माण भएपछी भक्तपुरमा परिवर्तन बिरोधी र आपराधिक तत्वले टाउको उठाउन नसक्ने उनको भनाइ छ ।

    वडा नम्बर ८ का वडा कमिटीका अध्यक्ष मदन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा नेताहरु विनोद लामिछाने, निरज आचार्य, दिपेश लामिछाने त्यसैगरी चाँगुका नेताहरु राजेन्द्र तिमल्सिना, दामोदार तिमल्सिना, इन्द्रमणी गिरी, नवराज लामिछाने,लक्ष्मण दुलाल,गोबिन्द नेपाल,श्री कृष्ण नेपाल , सानु खत्री, राजन बनमाला,  हरिशरण तिमल्सिना, राजेश घिमिरे, रामभक्त बानियाँ लगायतको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...