News Portal

  • सांसद बस्नेतको स्पष्टिकरण : भक्तपुरको असल संस्कार युक्त परिवारमा हुर्केको मान्छे हुँ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ साउन २०७८
    १५१४ पटक
    mahesh basnet election bhaktapurpostभक्तपुर, ११ साउन २०७८

    पूर्व मन्त्री समेत रहेका भक्तपुरका संघीय सांसद एवं नेकपा(एमाले) का केन्द्रीय सदस्य महेश बस्नेतले आफू भक्तपुरको असल संस्कार युक्त परिवारमा हुर्केको बताएका छन् । बरिष्ठ बामपन्थी लेखक एवम् साहित्यकार खगेन्द्र संग्राैलाबारेको अभिव्यक्ति बिबादित बनेपछि सांसद बस्नेतले उक्त स्पष्टिकरण दिएका हुन् ।

    उनले राजनीतिक रुपमा पनि जेष्ठ नागरिक र अग्रजहरुको सम्मान गर्ने एमाले तथा उक्त पार्टीका नेताहरु स्वर्गीय मनमोहन अधिकारी र अध्यक्ष केपी ओलीको अनुयायी भएकाले सेवा र आदरभावका साथ प्रस्तुत हुनु आफ्नो स्वभाव भएको भनेका छन् । धम्काउने थर्काउने आफ्नो शैली नभएको उनको भनाइ छ ।

    शनिवार उपत्यका युथ फोर्स कमान्ड घोषणा सभा लाई सम्बोधन गर्दै सांसद बस्नेतले आफूलाई धम्की दिएको संग्रौलाको आरोप छ । उनले सामाजिक संजालमा ट्वीट गर्दै भनेका छन् ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ। अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।’ ट्वीटर मार्फत उनले एमालेका अध्यक्ष केपी ओलीलाई प्रश्न गर्दै सोधेका छन् ‘तह लाउने बदनाम गरेर,कुटेर हो कि मारेर हो ? यो अति उदार र सहिष्णु ओली सरको आदेश बमोजिमको धम्की त होला। धन्य ओली सर!’

    संग्रौलाको आरोपपछि सांसद बस्नेत सामाजिक संजालमा आलोचित बनेका छन् । आलोचना बढेपछि उनले सामाजिक संजाल फेसबुक मार्फत आफूले संग्रौलालाई कुनै धम्की नदिएको स्पष्टिकरण दिनुपरेको हो ।

    उनले लेखेका छन्, ”न खगेन्द्र बाजेलाई धम्की दिएको छ । न माधव नेपाल कमरेडलाई थर्काएको छ। न तेसो गर्न आवश्यक नै छ।

    युथ फोर्सले ‘जाई कटक नगर्नु, झिकि कटक गर्नु’ भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशको अनुसरण गर्ने उल्लेख गर्दै सांसद बस्नेतले एमालेको पंतिसंग सत्रुता साँध्ने शक्ति वाहेक कोही त्रसित हुन नपर्ने जिकिर गरेका छन् ।

    सांसद बस्नेतले धम्की नदिएको स्पष्टिकरण दिएतापनि स्पष्टिकरणमै संग्रौलालाई होच्याएको भन्दै संग्रौलाका समर्थकहरु सामाजिक संजालमा सांसद बस्नेतमाथि खनिएका देखिन्छन् । उनले संग्रौलालाई गाली शिरोमणी र बाजे भनेको प्रति संग्रौलाका समर्थकहरुले आपत्ति जनाएका छन् ।

    हेर्नुस् सांसद बस्नेतको अभिव्यक्ति

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...