News Portal

  • संघीयता खारेज गर्ने रविन्द्रको प्रस्तावले कमल थापा खुशी

    भक्तपुरपोष्ट संवाददाता१२ साउन २०७८
    ७०१ पटक
    १२ साउन २०७८

    विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता र खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने अवधारणा अघि सारेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले खुशी व्यक्त गरेका छन् ।

    सोमबार मिश्रले संघीयता र खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने अवधारणा अघि सारेका थिए। विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै जानु र ति विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता भएको उनको भनाई छ।

    ‘हामी सही बाटोमा छौँ, प्रमाणित हुँदैछ’ थापाले भनेका छन्। राप्रपाले संघीयताको खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाको माग गर्दै आएको छ।

    यता, राष्ट्रिय जनमोर्चाले पनि संघीयता नेपालका लागि अभिषाप हुने भन्दै खारेज गर्नुपर्ने बताउँदै आएको छ। गणतन्त्र र धर्मनिरपेक्षताको रक्षामा भने जनमोर्चाले जोड दिएको छ।

    विवेकशील साझा पार्टीका संयोजक मिश्रले पार्टीमा छलफलका लागि दस्तावेज पेस गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेका हुन्। मिश्रले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत भएको ठहरसहित खारेजीमा जानुपर्ने मत राखेका हुन्।

    मिश्रको उक्त प्रस्तावको उनकै पार्टीका नेताले चर्को बिरोध गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...