News Portal

  • भक्तपुरमा माओवादी केन्द्रप्रति युवाहरुको आकर्षण, एकैदिन २ सय बढी युवाहरु बने वाइसिएल

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, २५ साउन २०७८
    २३४४ पटक
    भक्तपुर, २५ साउन २०७८

    भक्तपुरमा नेकपा (माओवादी केन्द्र) प्रति युवाहरुको आकर्षण बढेको देखिन्छ । भक्तपुरमा सोमबार बिभिन्न पार्टी परित्याग गरी २ सय बढी युवाहरु माओवादी केन्द्रको युवा संगठन वाइसिएल, नेपालमा प्रवेश गरेका छन् ।

    वाइसिएलको मध्यपुर थिमी नगरस्तरीय युवा भेलामा बिभिन्न पार्टी परित्याग गरी २ सय बढी युवाहरु प्रवेश गरेका वाइसिएलका भक्तपुर अध्यक्ष नरेश वाइवाले जनाएका छन् । उक्त कार्यक्रमको संयोजन गरेका निर्वाचन क्षेत्र नम्बर २ का वाइसिएल संयोजक नरेश रन्जितले मध्यपुर थिमीका ९ वटै वडाबाट युवाहरु वाइसिएलमा प्रवेश गरेका बताएका छन् । ” हामी अत्यन्तै उत्साहित छौं । मध्यपुरका स्थानीय युवाहरु स्वतस्फूर्त रुपले वाइसिएलमा प्रवेश गर्नुभएको छ ।” उनले भने । नेता रन्जितले नवप्रवेशीहरुमा महिलाहरुको संख्या उत्साहप्रद रहेको बताए ।शुसिल श्रेष्ठ,राजीव श्रेष्ठ , निश्चल श्रेष्ठ, अनिस प्रजापति,सविन कारंजित लगायतका युवाहरुले नेतृत्व गरेका युवाहरु वाइसिएलमा प्रवेश गरेका बताइएको छ ।

    नवप्रवेशी युवाहरुलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बागमती प्रदेश इन्चार्ज हितमान शाक्य, भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्म, भक्तपुर अध्यक्ष डिपी ढकाल त्यसैगरी पार्टीका केन्द्रीय सदस्य एवं वाइसिएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखा,प्रदेश इन्चार्ज जीबी गुरुङ,संयोजक नकुल गौतम, भक्तपुरका वाइसिएल इन्चार्ज दिनेश थपलिया आक्रोश, अध्यक्ष नरेश वाइवा लगायतले स्वागत गरेका थिए ।

    नवप्रवेशी युवाहरुले माओवादी केन्द्रकै नीतिमा राजनीति र देश चलिरहेकोले अरु पार्टीमा लाग्नु भ्रम मात्र भएको भन्दै माओवादी केन्द्रमा केन्द्रित हुन पाएकोमा गौरव महसुस भएको प्रतिक्रिया दिएका छन् । पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी आफूहरुले इमान्दारीताका साथ् पुरा गर्ने उनीहरुले प्रतिवद्धता समेत प्रकट गरेका छन् ।

    उक्त अवसरमा नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेताहरुले प्रशिक्षण दिनुका साथै दिशानिर्देश समेत गरेका थिए । कार्यक्रममा बागमती प्रदेश इन्चार्ज शाक्यले पार्टी एकता र विभाजन लगायत बिषयमा बोल्दै पार्टीको बर्तमान अवस्था र भावी कार्यदिशाबारे प्रष्ट पार्ने प्रयास गरेका थिए भने भक्तपुर इन्चार्ज भिष्मले संगठन निर्माण र संचालन गम्भीरताका साथ् अघि बढिरहेको बताउदै युवाहरुको पार्टीप्रतिको आकर्षण निभ्न नदिने दावी गरे । उक्त अवसरमा पार्टीका केन्द्रीय सदस्य एवं वाइसिएलका केन्द्रीय अध्यक्ष दीपशिखाले मध्यपुरमा आफू पनि बसाइ सरेर आएको खुलासा गर्दै अब भक्तपुरमा माओवादी विरोधीहरुको जमानत जफत हुनेगरी युवाहरूले संगठन निर्माण गरेर देखाउने जिकिर गरे भने भक्तपुर पार्टीका अध्यक्ष डिपी ढकालले युवाहरुसंग सिंगो पार्टी रहेकोले निर्भिकताका साथ् जनताको पक्षमा काम गर्न निर्देशन समेत दिएका थिए ।

    पार्टीको मध्यपुर थिमिका नगर अध्यक्ष विजय श्रेष्ठको अध्यक्षतामा संचालित कार्यक्रमको संचालन युवा नेता शिव श्रेष्ठले गरेका थिए । उक्त नगर भेलाबाट वाइसिएलको नगर कमिटी समेत निर्वाचित भएको बताइएको छ । भेलाले युवा नेता अमित कारंजीतको नेतृत्वमा ५१ सदस्यीय नगर कमिटी निर्विरोध निर्वाचित गरेको नवनिर्वाचित उपाध्यक्ष मदन चक्रधरले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...