भक्तपुरको सल्लाघारीलाई बसपार्क बनाउनुपर्ने काठमाडौं महानगरको निष्कर्ष

यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदलले उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारीलाई जडिबुटीनजिक मनोहरा खोला करिडोर वा भक्तपुरको सल्लाघारीस्थित तीनकुने सडक किनाराबाट संचालन गर्नुपर्ने प्रतिवेदन प्रस्तुत गरेको छ । लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन सम्वन्धि अध्ययन प्रतिवेदन २०७८’ हस्तान्तरण गर्दै कार्यदलले सो सुझाव पेश गरेको हो । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलले काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेको अध्ययन प्रतिवेदनमा उक्त सुझाव पेश गरेको महानगरपालिका श्रोतले जनाएको छ ।अध्ययन कार्यदल सदस्यहरुमा वडा–२६ का अध्यक्ष ख्याम तिवारी, वडा–३२ का अध्यक्ष नवराज पराजुली, वडा–२७ का अध्यक्ष चिनियामान बज्राचार्य, वडा–२२ का अध्यक्ष चिनिकाजी महर्जन रहेका थिए । त्यसैगरी समन्वय तथा सहजीकरणमा काठमाडौँ महानगरपालिकाका सहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्ले, नगर प्रहरी उपरीक्षक धनपति सापकोटा, ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक सुनिल जंग शाह र ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक दामोदर सिलवाल रहेका थिए । समितिलाई सुझाव दिन ७ दिनको समय दिइएको थियो । प्रतिवेदनमा तत्काल सार्वजनिक यात्रुबाहक … Continue reading भक्तपुरको सल्लाघारीलाई बसपार्क बनाउनुपर्ने काठमाडौं महानगरको निष्कर्ष