News Portal

  • भक्तपुरमा युवा संघ नेपालद्वारा कोभिड १९ विरुद्ध कार्यक्रम

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३२ साउन
    ९५३ पटक
    भक्तपुर, ३२ साउन

    नेकपा(एमाले) को माधव नेपाल पक्षनिकट युवा संघ नेपालले भक्तपुरमा कोभिड १९ बिरुद्ध जनचेतना कार्यक्रम सन्चालन गरेको छ । कोभिडको सम्भावित तेस्रो लहर रोक्न संघले जनचेतनामुलक कायक्रम गरेको हो ।

    सोमबार युवासंघ सम्बद्ध युवाहरुले कमलविनायक चोकदेखि च्यामासिंह सम्म मास्क वितरण समेत गरेका छन् । कोभिड १९ को संक्रमण बढेसंगै स्थानीय जनसमुदायलाई जोखिमबाट बचाउन आवश्यक जनचेतना कार्यक्रम संचालन गरिएको  भक्तपुर जिल्ला अध्यक्ष रन्जन मोहन सैजुले बताए । युवा संघ नेपालका कर्याकर्ताहरुले ब्यानर पम्प्लेट लगायतको माध्यमबाट सामाजिक दुरी कायम गर्न र मास्क लगाएर हिंड्न् जनचेतनामूलक प्रचार प्रसार गरेका थिए ।

    उक्त अवसरमा युवा संघ नेपालका केन्द्रीय सदस्य दिपक थापा, भक्तपुर जिल्ला सह इन्चार्ज हरेराम दङ्गाल, जिल्ला अध्यक्ष रन्जन मोहन सैजु र पिपुल्स भोलेण्टिएरका भक्तपुर जिल्ला संयोजक उमेश घोरासैनी लगाययतको उपस्थिती रहेको थियो ।

    युवा संघ नेपालका केन्द्रीय सदस्य दिपक थापाले यस्ता सामाजिक कार्यलाइ निरन्तरता दिने र समुदायसंग मिलेर कोभिडविरुद्धको अभियानमा सहभागी बन्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...