काठमाडौं महानगरपालिका कार्यदलको प्रस्तावप्रति भक्तपुर नगरपालिकाको गम्भीर आपत्ति

भक्तपुरको सल्लाघारीमा बसपार्क बनाउने सम्बन्धमा काठमाडौं महानगरपालिका कार्यदलको प्रस्तावप्रति भक्तपुर नगरपालिकाले आपत्ति प्रकट गरेको छ । ‘भक्तपुर पोष्ट डटकम’को मिति २०७८ श्रावण ३० गते प्रकाशित ‘भक्तपुरको सल्लाघारीलाई बसपार्क बनाउनुपर्ने काठमाडौं महानगरको निस्कर्ष’ शीर्षकको समाचारमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै भक्तपुर नगरपालिकाले महानगरको कार्यदलको प्रस्ताव प्रति आपत्ति प्रकट गरेको हो । कार्यदलले प्रतिवेदनमा सार्वजनिक यात्रुबाहक सवारी साधनको व्यवस्थापन जडिबुटी पुल पूर्वको मनोहरा खोला करिडोर मर्मत–संभार गरी वा सल्लाघारी तीनकुने सडक किनाराबाट तत्कालका लागि धुलिखेल पूर्वतर्फका सार्वजनिक सवारी सञ्चालन गर्न सकिने उल्लेख गरेपछि भक्तपुर नगरपालिकाले बिरोध जनाएको छ । भक्तपुरको सल्लाघारीस्थित सडक किनारालाई बसपार्क बनाउने प्रतिवेदनमा भनिएपनि घुमाउरोगरी उक्त क्षेत्रको १०८ रोपनी खुला जग्गालाई बसपार्कका लागि सुझाइएको हो । नेपाल ट्रस्टको नाममा रहेको उक्त जग्गा भक्तपुर नगरपालिकाले पर्खाल लगाई भोगचलन गरिरहेको छ । भक्तपुर नगरपालिकाले उक्त क्षेत्रमा ख्वप: विश्वविद्यालय बनाउने योजना अघि सार्दै आएको छ । आफ्नो योजना प्रतिकुल महानगरको कार्यदलले प्रतिवेदन पेसगरेपछि भक्तपुर नगरपालिका स्तब्ध भएको बताइएको छ । उक्त कार्यदलको प्रस्ताव … Continue reading काठमाडौं महानगरपालिका कार्यदलको प्रस्तावप्रति भक्तपुर नगरपालिकाको गम्भीर आपत्ति