चाँगुनारायण नगरपालिका वडा नम्वर ५ स्थित मूल्कोटगढी,महाँकाल त्रिशूलडाँडामा आश्रम खडा गरी बस्दै आएका अघोरी कालिनाथ बाबाको देहान्त भएको छ । शनिवार उनको देहान्त भएको हो ।
फल मात्र आहार गर्ने फलाहारी बाबाको रुपमा पनि परिचित अघोरी कालीनाथ बाबाको कोरोनाका कारण ज्यान गएको बताइएको छ ।
त्रिशूलडाँडामा उपत्यकाकै अग्लो त्रिशूल स्थापना गरी त्रिशूल डाँडाका रुपमा चिनाउँदै आन्तरिक पर्यटक तथा धार्मिक स्थल निर्माण गर्न उनको योगदान रहेको छ ।
उनले उक्त क्षेत्रको स्वास्थ्य, शिक्षा र सामाजिक धार्मिक उत्थानमा भूमिका निर्वाह गरेका छन् । उनीप्रति भक्तपुर पोस्ट हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ ।