News Portal

  • नेपालले २० प्रतिशत केन्द्रीय सदस्य पुर्‍याउन सक्ने स्पष्ट : बुधवारका लागि आयोगले बोलायो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ भदौ
    ५५३ पटक
    भक्तपुर, ८ भदौ

    निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि बुधबार बोलाएको छ ।

    आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । बिहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ ।

    माधवकुमार नेपालले भने नेकपा एमाले विभाजन गरेर नयाँ दल दर्ता गर्नको लागि २० प्रतिशत सांसद पुर्‍याउन नसक्ने भएका छन् । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि २९ जना सांसदको मात्रै हस्ताक्षर निर्वाचन आयोगमा पुगेको छ। नेपाललाई एमाले फुटाउन संसदीय दलतर्फ ३१ जना सांसदको खाँचो थियो।

    उनले आयोगमा ३१ जना सांसदकै विवरण पनि बुझाएका थिए। तर दिल्लीमा उपचाररत झलनाथ खनाल र अर्का एक सांसद हस्ताक्षर आयोगमा पुग्न नसकेको हो। तर नेपालले केन्द्रीय कमिटीतर्फ भने आवश्यक ४१ जना केन्द्रीय सदस्य आवश्यक परेकोमा ५५ जनाको हस्ताक्षर स्वीकृत भइसकेको छ। उनीहरुले बुधबार आयोगमा सशरीर उपस्थित भएर सनाखत गर्नेछन्।

    मंगलबार सोमप्रसाद पाण्डे, सावित्री भट्टसहितका चार जना सांसदहरू सनाखत गर्न गए पनि शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेशमा ‘एकैपटक निवेदन पेश गर्नुपर्नेछ’ भन्ने उल्लेख गरिएकाले नमिलेको आयोगका एक उच्च अधिकारीले जानकारी दिए।

    आयोगमा पठाइएको निवेदनमा नेता झलनाथ खनालको पनि नाम छ तर निवेदनमा हस्ताक्षर नभएकोले आयोगले सनाखत गरेको छैन। उनले पनि दिल्लीबाट आगामी सोमबार मात्रै आउने भएकाले आयोगमा सनाखत गर्न नपाउने भएका छन्।

    झलनाथ खनाल, प्रदीप नेपाल, खगेन्द्र चुँडाल, रविन कोइराला, धर्मनाथप्रसाद साह, रत्नेश्वर गोइत र रविन्द्र बैठाको निवेदनमा हस्ताक्षर छैन । हरि पराजुली र केदार न्यौपानेको नाम अन्तिममा हातले थपिएको छ ।

    यी नेताहरू दल विभाजनकै पक्षमा रहे पनि उनीहरूको हस्ताक्षर नभएकाले सनाखत नहुने भएको हो । निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले दल दर्ताको निवेदनमा ज-जसको हस्ताक्षर छ, उनीहरूले मात्र बुधवार सनाखत गर्न पाउने बताए ।

    दल विभाजनसम्बन्धी अध्यादेशमा पार्टीको संसदीय दल वा केन्द्रीय कमिटी मध्ये कुनै एकमा २० प्रतिशत पुर्‍याउनुपर्ने प्रावधान छ। उक्त प्रावधानअनुसार संसदीय दलमा २० प्रतिशत नपुगे पनि केन्द्रीय कमिटीमा भने पुग्ने भएकोले नेपालले नयाँ पार्टी दर्ताको लागि दिएको निवेदन प्रमाणीकरण हुने र नयाँ दलको मान्यता पाउने देखिन्छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...