News Portal

  • चित्तपोल स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,९ भदौ
    १३२६ पटक
    भक्तपुर,९ भदौ

    भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित चित्तपोल स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्रदान गरिएको छ। शैक्षिक परामर्शको सेवा प्रदान गर्ने एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेस अन्तर्गतको एक्सपर्ट एडुकेशन फाउण्डेशनले बुधवार सो सहयोग प्रदान गरेको हो।

    सो अवसरमा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवम् सूर्यविनायक नगरपालिका–१० का वडा अध्यक्ष शिवराम राउतले भक्तपुर जिल्लाकै विकट क्षेत्रको रुपमा रहेको चित्तपोल अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा पनि विकास दृष्टिले पछाडी रहेको चर्चा गर्दै प्राप्त अक्सिजन कन्सन्ट्रेटर सहयोगले कोभिडको महामारीमा चित्तपोलका जनताको ज्यान जोगाउन थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले आफुहरु निर्वाचित भएर आएपछि हेल्थपोष्टको स्तरबृद्धि र गुणस्तरिय सेवाका लागि ल्याव स्थापना गरी सञ्चालनमा ल्याएको जानकारी गराउँदैं थप स्वास्थ्य सामग्री सहयोगको अपेक्षा गरे।

    स्थानीय समाजसेवी एवम् नेपाली कांग्रेसका नेता अंगत खड्काले जनताको जीउधनको रक्षाका लागि सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याए। उनले कोभिड विरुद्धको लडाईं एक्लै लडेर जित्छु भन्ने कल्पना बाहिर भएको तथ्य विश्वको अवस्थाले छर्लङ पारेको बताउँदै चित्तपोल जस्तो ग्रामिण भेगको स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न बनाउन स्वास्थ्य सामग्री सहयोग गर्ने संस्थालाई धन्यवाद दिए।

    दातृ संस्था एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेसका देवी प्रसाद लम्सालले कोरोनाको दोस्रो लहरमा नेपालमा अक्सिजनको अभाव देखिएपछि ५० वटा अक्सिजन कन्सन्ट्रेटर अष्ट्रेलियाबाट ल्याएर देशका विभिन्न भागमा सहयोग प्रदान गरिएको जानकारी दिए। उनले सर्भिसेसको देश विदेशमा गरी ३५ वटा शाखा रहेको र ती शाखाहरुमा कार्यरत करिव ६ सय कर्मचारीहरुले स्वईच्छाले गरेको सहयोग रकम तथा अन्य सहयोगी हातहरुबाट संकलित रकमबाट स्वास्थ्य सामग्री खरिद गरी सहयोग गरेको बताए।

    कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख मुकुन्द प्रसाद चौलागाईं र खिमानन्द पौडेल लगायतले प्राप्त सहयोगले स्वास्थ्य चौकीको सेवा बिस्तारमा टेवा पुगेको बताउँदै सेवाग्राहीलाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...