कर नबुझाउने ७ ठूला करदाताको ढोकामा पञ्चेबाजा बजाउँदै पुग्यो महानगरपालिकाको टोली

काठमाडौँ महानगरले घरजग्गा र सम्पत्ति कर नबुझाउने ७ ठूला करदाताको ढोकामा पञ्चेबाजाको टोली पठाएको छ । उक्त टोलीलाई महानगरले कर तिर्ने सम्बन्धी सूचना टास्न पठाएको हो । पञ्चेबाजा सहित पुगेको टोलीले कर नदिरे सेवा रोक्का गर्ने व्यहोराको सूचना टाँस गरेको महानगरले जनाएको छ । महानगरको राजस्व विभागले २४ गतेभित्र कर नतिरे त्यसपछि सेवा रोक्का गर्ने सूचना बुधवार टाँस गरेको हो । महानगरले यस अघि कर तिर्न आउन असार १६ गते पहिलो पटक २३ व्यक्ति / व्यवसायीको र साउन २४ गते दोस्रो पटक ५२ व्यक्ति / ब्यवसायीको नाम सार्वजनिक गरेको थियो । राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार नाम सार्वजनिक भएका ७५ मध्ये अहिलेसम्ममा १० जनाले आंशिक रुपमा तिरेका २ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी २० जनाले विवरणसहित कर बुझाउन आउने प्रतिवद्धता गरेका छन् । नाम सार्वजनिक भएका तर सम्पर्कमा नआउनेहरु सन्दर्भमा भदौ २४ देखि प्रचलित कानुनबमोजिमको कारवाही सुरु हुनेछ । आज सूचना टाँस भएका व्यवसायहरुमा … Continue reading कर नबुझाउने ७ ठूला करदाताको ढोकामा पञ्चेबाजा बजाउँदै पुग्यो महानगरपालिकाको टोली