News Portal

  • फोहोर टिप्ने भेष बनाइ मध्यपुरमा चोरी गरी फरार ब्यक्ति पक्राउ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १० भदौ २०७८
    ११३२ पटक
    भक्तपुर, १० भदौ २०७८

    घर, कारखाना तथा बाटोमा फ्यालिएका कार्टुनका टुक्राहरु लगायतका अन्य फोहोरमैला सामान उठाउने भेष बनाई चोरीमा संलग्न ब्यक्ति पक्राउ परेका छन् ।  मध्यपुर थिमिमा खाली ताला लगाईराखेका तथा सुनसान घरहरुबाट मौका छोपी नगद, ल्यापटप, मोबाईल तथा बिभिन्न सुन-चाँदीका गर-गहनाहरु चोरी गर्ने व्यक्ति पक्राउ परेका हुन् ।                                                                                                                               गत जेठमा भक्तपुरको मध्यपुर थिमी न.पा. वडा नं. ०३, लोकन्थली, राममन्दिर, बुढाथोकीगाउँ स्थित नरेन्द्रराज सिजापतीको घरबाट MI Notebook, Nokia मोबाइल सेट थान १, नगद रु. २७,०००।- लगायतका धनमाल समेत रु. १,८५,५००।- बराबरको धनमाल चोरी गरी लाने कार्यमा संलग्न जिल्ला ललितपुर, बालकुमारी बस्ने झोक्की भन्ने कुमार तोलाङ्गेलाई प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान महाशाखाबाट खटिएको विशेष टोलीले गत मंगलवार बालकुमारी पुलबाट पक्राउ गरी तोलाङ्गेलाई  थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, ठिमी भक्तपुर पठाईएको जनाएको छ।

    प्रारम्भिक अनुसन्धानको क्रममा ३० वर्षको झोक्की भन्ने कुमार तोलाङ्गेको स्थायी ठेगाना महोत्तरीको बर्दीवास-८ रातुखोला भएको थाहा भएको छ । उनी बिजुलीको तार चोरी मुद्धामा बि.सं. २०७२ साल असोजमा पक्राउ परी जेल चलान भई २०७५ सालतिर छुटेको भन्ने बुझिएको बताइएको छ ।साथै, अनुसन्धानको क्रममा निम्न विवरण भएका ल्यापटप थान २(दुई) र VIVO मोबाईल थान १ बरामद भएकोमा सो सामानहरुको पीडित नखुलेकोले प्रमाण खुलाउन सक्ने व्यक्तिहरुले कार्यालयमा सम्पर्क राख्न हुन समेत प्रहरीले अनुरोध गरेको छ ।

    बरामद सामानको बिबरण:-
    १. नोकिया मोबाईल थान १
    २. सिरियल नम्बर FQXRB82 भएको Inspiron 3542 मोडलको कालो रङको Dell ल्यापटप थान १
    ३. 81D1 मोडलको कालो रङको Lenovo ल्यापटप थान १
    ४. ८६३२९६०४४१४३९१५, ८६३२९६०४४१४३९०७ IMEI नम्बर भएको VIVO मोबाईल थान १

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...