News Portal

  • माओवादी केन्द्रले बनायो जिल्ला समन्वय समिति, भक्तपुर संयोजकमा नेता ढकाल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ भदौ
    १५८३ पटक
    DP dhkalभक्तपुर, १८ भदौ

    नेकपा(माओवादी केन्द्र)को बदलिएको सांगठनिक संरचना अनुसार पार्टीको भक्तपुर जिल्ला समन्वय समिति संयोजकमा नेता डिपी ढकाल चयन भएका छन् । निवर्तमान जिल्ला अध्यक्ष ढकाललाई नै जिल्ला समन्वय समितिको नेतृत्वमा निरन्तरता दिइएको हो ।

    पार्टीको शुक्रवार सम्पन्न बागमती प्रदेश कमिटीको पूर्ण बैठकले उक्त नेता ढकाललाई जिल्ला समन्वय समितिमा संयोजकको जिम्मेवादी प्रदान गरेको भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले पुष्टि गरे । प्रदेश अन्तर्गत १३ वटै जिल्लामा जिल्ला समिति खारेज गर्दै बनेको जिल्ला समन्वय समितिको संयोजक चयन गरिएको र त्यसमा भक्तपुरको जिम्मेवारी नेता डिपी ढकाललाई दिइएको केन्द्रीय सदस्य समेत रहेका जिल्ला इन्चार्ज प्रजापतिले जानकारी दिए ।

    प्रदेश कमिटीको पूर्ण बैठकको अवसरमा नेता ढकालले जिल्ला समन्वय समितिको संयोजकको हैसियतमा भक्तपुरको रिपोर्ट समेत प्रस्तुत गरेका बताइएको छ भने उक्त अवसरमा पार्टीका जिसस संयोजक,निवर्तमान जिल्ला सदस्य र वर्तमान नगर अध्यक्षहरुलाई केन्द्रीय अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भर्च्युअल माध्यम बाट निर्देशनात्मक प्रशिक्षण समेत प्रदान गरेका बागमती प्रदेश कमिटीले बताएको छ ।

    पार्टीको महाधिवेशन मंसिरमा गर्ने म्यान्डेट अनुसार कार्य गर्न अध्यक्ष प्रचण्डले मार्गनिर्देश गरेका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...