News Portal

  • भक्तपुर क्याम्पसमा अनेरास्ववियू(क्रान्तिकारी)को ३५ सदस्यीय कमिटी निर्विरोध निर्वाचित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,२० भदौ २०७८
    १२६७ पटक
    भक्तपुर,२० भदौ २०७८

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) ले ३५ सदस्यीय भक्तपुर क्याम्पस इकाई कमिटी निर्वाचित गरेको छ । शनिवार सम्पन्न ८ औं इकाई सम्मेलनबाट विद्यार्थी नेता नवराज धामीको नेतृत्वमा ३५ सदस्यीय इकाई कमिटी निर्वाचित भएको हो ।

    अनेरास्ववियू(क्रान्तिकारी) का जिल्ला अध्यक्ष बिराज थापाले दिएको जानकारी अनुसार नवराज धामी अध्यक्ष, केशव घिमिरे,मिलन तामाङ्ग र छिरिङ्ग वाइवा उपाध्यक्ष निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा अन्जिता तामाङ्ग र सहसचिवमा जनक भण्डारी रहेका छन् । इकाई कमिटीको कोषाध्यक्षमा भने जानुका पाहाडी निर्वाचित भएको बताइएको छ । पदाधिकारी सहित सिंगो टीम नै निर्विरोध निर्वाचित भएको जिल्ला अध्यक्ष बिराज थापाले बताए ।

    नवनिर्वाचित भक्तपुर क्याम्पस इकाई कमिटीलाई अनेरास्ववियू(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष दिपेश पुनले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।

    सम्मेलनको खुला सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथिको रुपमा उपस्थित नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति भक्तपुरका संयोजक डिपी ढकालले वर्गका आधारमा शिक्षामा विभेद हुनु नहुने बताए । सबैले समान शिक्षाको अवसर प्राप्त गर्नुपर्ने बताउदै उनले त्यो आन्दोलनको नेतृत्व अनेरास्ववियू(क्रान्तिकारी)ले गरिरहनु पर्नेमा जोड दिए ।

    आफू भक्तपुर क्याम्पस इकाईको नेतृत्वमा रहँदा सोही कमिटीमा रहेका आफ्ना सहकर्मीहरु ४ जना शहिद भएका र ४ जनालाई तत्कालिन सत्ताले बेपत्ता बनाएको स्मरण गर्दै नेता ढकालले उनीहरुले उठाएको शैक्षिक र राजनीतिक क्रान्तिको रक्तरंजीत झण्डा झुक्न दिनु नहुने धारणा व्यक्त गरे ।

    कार्यक्रममा अनेरास्ववियू(क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष दिपेश पुनले सरकारी र सामुदायिक कलेज जनताको सम्पत्ति भएको भन्दै हुनेखाने वर्गले त्यसको उपेक्षा गर्दै निजीकरणलाई बढावा दिएको बताए । उनले सरकारी र सार्वजनिक पद धारण गरेकाहरुले आफ्ना सन्तानलाई सरकारी शिक्षालयमै पढाउन पर्ने व्यवस्था लागू गर्न सक्ने हो भने निजीकरण आफै अन्त्य हुने समेत दावी गरे ।

    उक्त अवसरमा भक्तपुर इन्चार्ज रमेश खड्का र अध्यक्ष बिराज थापा लगायतले भक्तपुरको संगठन शैक्षिक,सामाजिक र राजनीतिक बिकृती बिरुद्ध सदैव आन्दोलित भैरहने प्रतिवद्धता प्रकट गरेका थिए ।

    सम्मेलनमा पार्टीका भक्तपुर फ्राक्सन इन्चार्ज सुरेश न्यौपाने, जिल्ला सदस्य युवराज आचार्य तथा अनेरास्ववियू(क्रान्तिकारी) का केन्द्रीय सदस्यहरु र प्रदेश सदस्यहरु अतिथिको रुपमा उपस्थित रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...