विष भनी थाहाँ पाइकन खाए के हुन्छ ? एमसीसी त्यही हो : सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले एमसीसी विष भएको बताएका छन् । एमसीसी विष भएको र यो सम्झौता गर्नु देशघाती रहेको उनको दावी छ । एमसीसी सम्झौता गर्नु नहुने तर्क गर्दै उनले शुक्रवार संसद समक्ष भने, ” विष भनी थाहाँ पाइकन खाए के हुन्छ ? एमसीसी त्यही हो ।” एमसीसी अधिकारीहरुले सय थरी कुरा गर्दै फ़काइरहेको खुलासा गर्दै सांसद सुवालले उनीहरुको कुरामा फस्नु नहुनेमा जोड समेत दिए । उनले एमसीसीको बिरोध गर्न शान्तिपूर्ण र्यालीमा रहेका आफ्ना कार्यकर्तामाथि प्रहरी दमन गरी प्रधानमन्त्री शेर बहादुइर देउवा र गृह मन्त्री बालकृष्ण खाणले अमेरिकी सरकारलाई खुशी पार्न खोजेको आरोप लगाए । आफ्ना कार्यकर्ता कृष्णप्रसाद दुमरुको टाउको फुटाएको र दर्जनौ कार्यकर्तालाई गम्भीर घाइते बनाएको बताउदै उनले प्रधानमन्त्री देउवा र गृहमन्त्री खाणलाइ उक्त आरोप लगाएका हुन् । उनले विरोध गर्न पाउने जनताको संवैधानिक अधिकारको हनन नगर्न खबरदारी समेत गरेका छन् । ”सडकमा एमसीसीको बिरोध गर्नु नहुने भए नेपाली काँग्रेसको पार्टी कार्यालयमा … Continue reading विष भनी थाहाँ पाइकन खाए के हुन्छ ? एमसीसी त्यही हो : सांसद सुवाल