News Portal

  • सल्लाघारीमा भयानक दुर्घटना : मोटरसाइकल चालक रजौरा रहेनन्

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, १२ असोज २०७८
    २७४४ पटक
    भक्तपुर, १२ असोज २०७८

    गएराति करिब पौने ९ बजेको समयमा सल्लाघारीस्थित ट्राफिक लाइट चोकमा दुर्घटनाग्रस्त मोटरसाइकलका चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा प्रदेश ३-०२-००८ प २५०१ नं.को मोटरसाईकलका चालक सुर्यबिनायक- ३ बालकोट बस्ने ४५ वर्षीय गणेश रजौरा रहेका छन् ।                                                                                                                        सूर्यविनायक तर्फबाट आउदै गरेको RJ 02 GB1917 भारतीय नम्बरको १८ चक्के खाली टेलर गाडीले दुवाकोट मोडबाट आएको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको थियो ।

    सल्लाघारी स्थित ड्युटीमा रहेको प्रहरी टोली घटनास्थलमा पुगी घाइतेलाई तत्कालै उद्धार गरी अस्पताल पुर्याएको थियो। अस्पतालले चालक रजौरालाई राति ९ बजे नै  मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार कौशलटारका २८ वर्षीय अमृत सिलवाल भने सकुसल छन् । उनी अस्पता बाट डिस्चार्ज समेत भैसकेका छन् । टेलर चालक देश भारत राजस्थान प्रदेश अलबर जिल्ला बस्ने बर्ष ५० को महादेव शर्मालाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको जनाएको छ ।

    दुर्घटनाको अनुसन्धान गर्न जगाती बृत्तका इन्स्पेक्टर बिष्णुहरि फुयालको नेतृत्वमा प्रहरी परिचालित भएको बताइएको छ । तिब्र गति र पानी परिरहेको कारण बाटो चिप्लो भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरिएको इन्स्पेक्टर फुयालले बताएका छन् । घटना सम्बन्धमा थप: अनुसन्धान भईरहेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...