News Portal

  • बोडेस्थित कमलपोखरीमा डुबेका बालकको गयो ज्यान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ साउन २०७८
    ११८९ पटक
    भक्तपुर, १३ साउन २०७८

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका ८ बोडेस्थित कमलपोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । ज्यान गुमाउने बालक खोटाङको जन्तेढुंगा गाउँपालिका घर भई हाल स्थानीय पाटीमा बस्ने रमेश खड्काको ६ वर्षीय छोरा रोसन खड्का हुन् ।

    बुधवार दिउँसो करिब २ बाजेको समयमा पोखरीमा बालक डुबेको देखी स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेका थिए । थिमि वृत्तबाट असई राज कुमार दनुवारको कमाण्डमा खटिएको प्रहरी टोलीले बालकलाई उपचारको लागि गठ्ठाघर स्थित नागरिक अस्पताल पर्याएको थियो । उपचारकै क्रममा करिब २:३० बजे बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको सम्बन्धमा थिमि वृत्तबाट इन्स्पेक्टर रबिन्द्र खड्काको नेतृत्वमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई घटनास्थल मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी दिपक गिरीले जानकारी दिए । पानीमा डुबेपछि मात्र स्थानीयले देखेको र अन्य कुरा नखुलेको बताइएको छ । घटना सम्बन्धमा थप: अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...