News Portal

  • नयाँ बस्तीलाई आधुनिक र सुविधासम्पन्न सहरको रुपमा विकास गरिने प्रमुख प्रजापतिको प्रस्टोक्ति ।

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ असोज २०७८
    ८५१ पटक
    भक्तपुर, २१ असोज २०७८

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिका क्षेत्रभित्रका नयाँ बस्तीलाई आधुनिक र सुविधासम्पन्न सहरको रुपमा विकास गर्ने बताएका छन् । बिहीवार वडा नम्बर १ स्थित नपलीमा स्वास्थ्य सेवा केन्द्र भवन उद्घाटन गर्दै उनले सोकुरा बताएका हुन् ।

    नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गर्दै उनले भने,”हामीसंग योजना छ, सोहीबमोजिम कार्य गरिरहेका छौं । नगरपालिका नयाँ बस्तीलाई अझ महत्वका साथ् सुविधासम्पन्न सहर बनाउन लागिपरेको छ ।”

    भक्तपुर नगरपालिकाले नयाँ बस्तीलाई बेवास्ता गर्ने गरेको भन्ने हल्लाको पछि नलाग्न आह्वान गर्दै प्रमुख प्रजापतिले नयाँ बस्तीको लागि अझ बढी बिकासको अवसर प्रदान गरिएको प्रष्ट पारे । उनले स्थानीय जनताको नगरपालिकाप्रतिको विश्वास र सहयोगले गर्दा काममा हौसला प्राप्त भएको भनेका थिए ।

    उनले जनताको सहयोगबाट निर्मित स्वास्थ्य सेवा केन्द्र यसको उदाहरण भएको बताए । जनताको सहयोगबाट निर्मित स्वास्थ्य सेवा केन्द्रबाट व्यापक जनताको सेवा हुने समेत नगर प्रमुख प्राजापतिले विश्वास व्यक्त गरे । संस्थाको भौतिक पूर्वाधारसँगै दक्ष जनशक्ति व्यवस्थापनमा नगरपालिकाले ध्यान दिने उनको आस्वासन रहेको छ ।

    भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटले ४सय ५५ जना कोभिड संक्रमितहरुको सेवा गरिसकेको अवगत गराउदै उनले नपलीको स्वास्थ्य सेवा केन्द्रबाट स्थानीयले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेको आफू बिश्वस्त रहेको बताए ।

    प्रमुख प्रजापतिले विगत लामो समयदेखि डुबानमा पर्दै आएको सिर्जनानगर नपली क्षेत्रलाई सुरक्षित बनाउने काम नगरपालिकाले गरेको जानकारी गराउदै आवश्यकतालाई प्राथमिकतामा राख्दै विकास निर्माणका गतिविधि अगाडि बढाइएको अवगत गराए ।

    नगर प्रमुख प्रजापतिले भक्तपुर नगर भित्रका पर्ति जग्गा अतिक्रमण हुनबाट रोक्न त्यसको संरक्षण गर्ने कामहरु गर्दै आइरहेको बारे स्पष्ट पार्दै सोहीबमोजिम यहाँस्थित १०८ रोपनी जग्गा संरक्षण गरिएको उल्लेख गरे । उक्त स्थानमा ख्वप विश्वविद्यालय स्थापना गर्ने नगरपालिकाको उद्देश्य रहेको र त्यो बाहेकको बिकल्प आफूहरुलाई मान्य नभएको उनको भनाइ छ ।

    उक्त अवसरमा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडाले १६ वटा नगरस्तरीय र ८ वटा वडास्तरीय योजनाहरु सम्पन्न गरिसकेको जानकारी गराए । नवनिर्मित स्वास्थ्य संस्थाको भवनबाट चाडै नै स्वास्थ्य सेवा उपलब्ध हुने उनले प्रतिवद्धता प्रकट गरे ।

    उक्त अवसरमा भक्तपुर नपा वडा नं. १ का वडा सदस्य एवम् अनुगमन समितिका संयोजक सूर्यप्रसाद श्रेष्ठ,भनपा वडा नं. १ का नेमकिपाका इन्चार्ज लक्ष्मीनारायण खत्री, ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवा, नपली सिर्जना सेवा समाजका अध्यक्ष रामहरि पोखरेल, नपली सिर्जनानगर टोल सुधार समितिका अध्यक्ष विकुलाल बासु, नपली सिर्जना सेवा समाज महिला उपसमितिका सभापति इन्दिरा नेपाल, स्थानीय अगुवा एवं गायक कपिल कस्पाल लगायतले पनि मन्तब्य व्यक्त गरेका थिए ।

    उपभोक्ता समितिकी अध्यक्ष सम्झना प्रेमीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भवन निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष शान्ता घिमिरेले भवन निर्माणको यथार्थ आय व्यय विवरण प्रस्तुत गरेकी थिइन् । उक्त अवसरमा स्थानीय लवरीया थपलियाले नवनिर्मित स्वास्थ्य संस्थाको लागि अक्सिजन कन्सनट्रेटर सहयोग प्रदान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...