News Portal

  • नयाँ खाले अपराधको संख्या बढ्यो : मेयर प्रजापति

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ कात्तिक २०७८
    १३०९ पटक
    भक्तपुर, १३ कात्तिक २०७८

    भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघ, भक्तपुर लेडी जेसिस, बनसी खुला क्षेत्र संरक्षण समाजको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा सामाजिक सुरक्षामा नेपाल प्रहरीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी, शुभ दिपावली तथा ने.सं. ११४२ तथा छठको अवसर पारेर शनिबार कार्यक्रम सम्पन्न गरिएको हो ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन प्रहरी र नागरिक मिलेर अघि बढ्नुपर्ने बताए ।”शान्ति सुरक्षा कायम गर्ने र आपराधिक घटना न्युनीकरण गर्ने कार्यामा प्रहरी र नागरिक दुवैको भूमिका उत्तिकै हुन्छ ।” उनले भने ।

    सुचना प्रविधिको बिकास संगै समाजमा नयाँ खालका अपराधको संख्या बढिरहेको हुँदा नयाँ पुस्तालाई नै सजग र सचेत गराउन आवश्यक भएको उनको भनाइ छ ।

    नगर प्रमुख प्रजापतिले समाजमा हुने चोरी, ठगी, लुटपाट, हिंसा लगायतका घटनाबाट पाठ सिकेर सचेत रहन र सुरक्षा सावधानी अपनाउन आग्रह समेत गरे । हालका दिनहरुमा न्यायालयको क्षेत्रमा देखिएको विकृति बिंगतीबारे बोल्दै उनले जनताको हित र पक्षमा वकालत गर्नुपर्नेहरुको हर्कतबाट आम जनता निराश बनेका टिप्पणी गरेका थिए ।

    विद्युतीय सामाग्रीहरुको महत्व माथि प्रकाश पार्दै नगर प्रमुख प्रजापतिले नेपाल सरकारले विद्युतीय सामाग्रीहरु नेपालमै उत्पादन गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता समेत औल्याएका थिए ।

    कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नजिकिँदै आएको चाडपर्वहरु सामाजिक सौहार्दता र आपसी सद्भावको निम्ति मनाउनुपर्ने बताए । उनले नयाँ बस्तीमा पनि पुरानो बस्तीमा जस्तै सामाजिक सद्भाव कायम गर्न वडाले विविध गतिविधि सञ्चालन गर्दै आएको खुलासा गर्दै व्यवस्थित आवास योजना सञ्चालन गरी नयाँ बस्तीमा खुला क्षेत्र कायम, सडक कालोपत्रे, विद्युत आपूर्ति, सडक बत्ती व्यवस्थापन, खानेपानी सुविधाको निम्ति बोरिङ आदि कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउँदै आएको बताए ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले भक्तपुरमा अपराधको अवस्थाको स्थितिबारे प्रष्ट पारेका थिए भने प्रहरी प्रशासनले सामाजिक सद्भाव र समाजलाई सभ्य र सुरक्षित बनाउन जनतासंग जोडिएर विविध कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराए ।

    भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघका अध्यक्ष माधवप्रसाद प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा वनसी खुला क्षेत्र संरक्षण समाजका अध्यक्ष विकास दुवाल र संघका रञ्जना चापागाइँले विद्युतीय सामाग्री व्यवसायको वर्तमान अवस्थाबारे बोलेका थिए । कार्यक्रममा अधिकांस बक्ताहरुले नागरिक बिना बर्दीका प्रहरी र प्रहरी बर्दीधारी नागरिक भएको भन्दै अपराध नियन्त्रमा दुबैले आफ्नो दायित्व बहन गर्नुपर्ने बताएका आयोजक संस्थाका सचिव अल्बर्ट बज्राचार्यले बताए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...