News Portal

  • नेपाल संंवतलाई रास्ट्रिय मान्यता दिलाएका प्रचण्डको दावी – प्रतिक्रियाबादीले खारेज गर्नखोजे

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, १८ कात्तिक २०७८
    ७३१ पटक
    भक्तपुर, १८ कात्तिक २०७८

    भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थिमीमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका छन् । नेपाल संवत ११४२ को अवसर पारेर मध्यपुर थिमि नगर समितिद्वारा बिहीवार आयोजित कार्यक्रममा नेपाल संवतका प्रवर्तक साख्वालाई सम्मान गरिएको हो ।

    नेपाल संवत् ११४२ (नयाँ वर्ष) तथा शुभ दीपालीको उपलक्ष्यमा पार्टीको मध्यपुर थिमी नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा भाग लिन थिमि आइपुगेका प्रचण्डलाई स्थानीय कार्यकर्ता र जनताले भव्य स्वागत गरेका थिए । शंखधर साख्वाको प्रतिमामा माल्यार्पणपछि उन लाई बाजागाजाका साथ कार्यक्रम स्थको रुपमा रहेका थिमि ब्याङ्क्वेट पुर्याइएको थियो ।

    पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नयाँ वर्ष र दीपावलीको शुभकामना साट्दै आफू नेतृत्वको पहिलो सरकारले नेपाल संंवतलाई रास्ट्रिय संवतको मान्यता दिएको स्मरण गरे । त्यो निर्णय उपत्यकाको नेवार समुदायको माग बमोजिम गरिएको बताउदै उनले यथास्थिति बाट परीवर्तन तर्फको पाइलाको रुपमा आफूले त्यतिबेला पहिलो निर्णय लिएको प्रष्ट पारे । तर,त्यसपछि त्यस लाई प्रतिक्रिया बादीहरुले खारेज गर्न खोजेको उनको दावी छ । “त्यो निर्णय नै लुकाइएको भन्ने सुनेपछि मैले अहिले त्यतिबेलाको निर्नय खोज्न लगाएको छु ।” उनले भने । त्यतिमात्र होइन, उनले शंखधर बाटै प्रभावित भएर त्यतिबेला आफूले गरिब किसानको ऋण मिनाहाको निर्णय गराएको समेत खुलासा गरे ।                                                                                  कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूले एमाले संग एकता गरेर गल्ती नगरेको जिकिर गरे । ठुलो पार्टी बनाएर समाजबाद तर्फको सजिलो यात्रा गर्ने आफ्नो प्रयासलाई अर्का अध्यक्ष केपी ओलीले ब्रेक लगाइदिएको बताउदै उनले ओली प्रतिक्रियावादी कित्तामा जादा वर्तमान अवस्था आएको बताए । कम्युनिस्ट सत्ता बिरुद्ध प्रतिक्रान्ति कम्युनिस्ट भनिने नेताबाटै भएका विश्व कम्युनिस्ट इतिहासको उदाहरण दिदै उनले यसपटक केपी ओलीले गर्न खोजेको प्रतिक्रान्ति पनि पराजित गर्न सकेकोमा सन्तोष ब्यक्त गरेका थिए ।                                                    उनले काम न काजका गुण्डाहरुले पनि माओवादीलाई हेप्न खोजेको भन्दै माओवादीलाई सक्न पाएअरु सबैलाई हाइसन्चो हुने हुदा माओवादी बलियो बन्नुको बिकल्प नभएको बताए ।माओवादी केन्द्र कमजोर भए देश दुर्घटनामा जानसक्ने खतरा अझै नटरेको खुलासा गर्दै अध्यक्ष प्रचण्डले जनताको घर आगनमा पुगेर कुरा बुझाउन र संगठन लाई बलियो बनाउन निर्देशन समेत दिए ।                                                         पछिल्लो समय भक्तपुर पार्टीमा उत्साह देखिएको प्रति खुशी ब्यक्त गर्दै उनले भक्तपुरले रेकर्ड राख्ने अपेक्षा गरे । भक्तपुरमा आफू बारम्बार आउन तयार रहेको भन्दै उनले तलबाट संगठन निर्माणमा चासो नदिए माथिबाट मात्र केहि गर्न नसकिने गुनासो समेत गरे । सरकारको विषयमा बोल्दै उनले आफ्नो पार्टी बाट ५० प्रतिसत महिला सहित जनजाति र दलितकोपनि मन्त्री मण्डलमा प्रतिनिधित्व रहेको प्रष्ट पारे । आफ्ना मन्त्रीहरूले राम्रो काम गरिरहेका दावी गर्दै उनले जनताको पक्षमा देखिनेगरी काम गर्न नसक्ने र नतिजा निकाल्न नसक्ने मन्त्री लाई पार्टीले जुनसुकै बेला फिर्ता बोलाउने गरी मन्त्री मण्डलमा सहभागी गराएको समेत खुलासा गरे ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...