News Portal

  • भक्तपुर एमालेका हेभी वेटहरु नै महाधिवेशन प्रतिनिधिमा पराजित

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, २८ कात्तिक २०७८
    ४०६६ पटक
    भक्तपुर, २८ कात्तिक २०७८

    नेकपा (एमाले) को जिल्ला अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि १८ जना प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ बाट ६ जना र २ बाट १२ जना गरी १८ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ मा भक्तपुर र चाँगुनारायण नगरपालिका रहेका छन् भने २ मा सूर्यविनायक र मध्यपुर थिमि छन् ।

    क्षेत्र नम्बर २ बाट १२ जना सर्वसम्मत निर्वाचित भएपनि क्षेत्र नम्बर १ मा मतदानबाट प्रतिनिधि छनौट भएका नेकपा (एमाले) चाँगुनारायण नगर कमिटीका उपाध्यक्ष जयराम बास्तोलाले बताए ।

    मतदानबाट भएको प्रतिनिधि चयनमा स्थानीय प्रतिनिधिहरुले नेताहरुलाई पाठ पठाएका छन् । सरकारी लाभ लिएका ३ हेभी वेट भनिएका उम्मेदवारहरु महाधिवेशन प्रतिनिधिका लागि निर्वाचित हुन सकेनन् । क्षेत्र नम्बर १ मा शनिवार सम्पन्न अधिवेशनको मतपरिणाम अनुसार प्रदेश सांसद मात्र होइन, मन्त्री नै बन्न सफल भएकी नेत्री सरस्वती बाटी नै महाधिवेशन प्रतिनिधि बन्न असफल भएकी छन् । उनी बागमती प्रदेश सभाका लागि समानुपातिक सदस्य एवं प्रदेशकी निवर्तमान मन्त्रीसमेत हुन् ।

    त्यसैगरी जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख रहेका नवराज गेलाल पनि महाधिवेशन प्रतिनिधि बन्न सकेनन् । पार्टीका केन्द्रीय सदस्य मनोनयनमा परेका गेलाललाई आफ्नै क्षेत्रका साथीहरुले भने प्रतिनिधि बनाउन समेत योग्य ठानेनन् ।

    बाटी र गेलाल मात्र होइन, ओली सरकारमा सुकुम्बासी समस्या समाधान आयोगको भक्तपुर संयोजक भएका पुराना एमाले नेता मोहनवीर श्रेष्ठ पनि प्रतिनिधिमा पराजित हुन पुगे ।

    क्षेत्र नम्बर १ बाट छ जना प्रतिनिधि निर्वाचित हुँदा एक जना मात्र भक्तपुर नगर क्षेत्र बाट निर्वाचित बन्न सफल भएका छन् । उनी पूर्व माओवादी नेता मिलन सुवाल हुन । उनी छैटौं मत ७६९ ल्याएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र) बाट एमालेमा प्रवेश गरेका सुवाललाई बिच्काउन नहुने माथिल्लो निर्देशन पालना गर्नुपरेकोले उनी निर्वाचित भएका श्रोतले जनाएको छ ।

    निर्वाचनमा सबैभन्दा बढी मत (१०११)ल्याएर विणा बास्तोला निर्वाचित भएकी छन् । उनी चाँगुनारायण नगरपालिकाकी उपप्रमुख पनि हुन् । उनले भने आफ्ना कार्यकर्तालाई सन्तुष्ट राख्न सकेको पुष्टि भएको छ । दोश्रो धेरै मत (९६१) ल्याएर कानुन व्यवसायी समेत रहेका एमाले नेता शम्भु दाहाल निर्वाचित बन्न सफल भए । उनीपछि निरन्जन बजगाईले(८७५) मत ल्याएर विजय प्राप्त गरे । बजगाई निर्माण व्यवसायी समेत हुन । त्यसपछि होटल व्यवसायी समेत रहेकी महिला नेत्री नारायणी फुयाल निर्वाचित भइन् भने वडाध्यक्ष परासर सापकोटा समेत महाधिवेशन प्रतिनिधि बन्न सफल भएका छन् ।

    महाधिवेशन प्रतिनिधिका लागि १७ दावेदार चुनावी मैदानमा उत्रिएका पार्टीका युवा नेता जयराम बास्तोलाले जानकारी गराए । उनका अनुसार ३ हजार बढी मतदाता रहेको क्षेत्र नम्बर १ को निर्वाचनमा १ हजार ७ सय २७ मत मात्र खसेको थियो ।

    युवा नेता दिनेश थापाले दिएको जानकारी अनुसार क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका १२ प्रतिनिधि यस प्रकार छन् ।

    १,बागमती प्रदेश कमिटी सचिवालय सदस्य राजेन्द्र राजथला २,बागमती प्रदेश कमिटी सदस्य निर्मल भट्टराई ३,बागमती प्रदेश कमिटी सदस्य भास्कर प्रधानाङ्ग ४,पार्टी जिल्ला अध्यक्ष बचन देउजा ६,पार्टी जिल्ला सचिव तथा सू.न.पा मेयर बासुदेव थापा ७,बागमती प्रदेश सभा सदस्य शशिजंग थापा ८,जिल्ला कमिटी सदस्य तथा म.थि.न.पा मेयर मदन सुन्दर श्रेष्ठ ९,जिल्ला कमिटी सदस्य उत्तरा नेपाल १०,जिल्ला कमिटी सदस्य भागीरथा सिटौला ११,नगर कमिटी सदस्य तारा खड्का बस्नेत १२,समावेशी तर्फ जिल्ला कमिटी सदस्य दिपक विसुंखे ।

    नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन मङ्सिर १० देखि १२ गतेका लागि चितवनमा गरिने तयारी रहेको भक्तपुर अध्यक्ष बचन देउजाले बताए । भक्तपुरका २ केन्द्रीय नेताहरु सोमप्रसाद मिश्र र महेश बस्नेत स्वत: महाधिवेशन प्रतिनिधि रहने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...