News Portal

  • शुभचिन्तकको नेतृत्वमा प्रेस सेन्टर भक्तपुरको २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३ मङ्सिर २०७८
    १५८४ पटक
    भक्तपुर, ३ मङ्सिर २०७८

    प्रेस सेन्टर नेपाल, भक्तपुरको अधिवेशनबाट संजीप घिमिरे शुभचिन्तकको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । विहीवार सूर्यविनायकस्थित योयो पार्टी प्यालेसमा सम्पन्न दोश्रो अधिवेशनबाट २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । शुभचिन्तक नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव एवं भक्तपुर पोष्टका सम्पादक समेत हुन् ।

    सेन्टरको उपाध्यक्षमा रोशन गाउँले र बाबुकाजी साछें श्रेष्ठ निर्वाचित भएका छन् । गाउँले शिक्षा पत्रकार समुहका केन्द्रीय सचिव एवं देखापढ़ी डटकममा पत्रकार हुन् भने श्रेष्ठ मध्यपुर संचार समाजका अध्यक्ष एवं थिम्रिङ्ग मासिकका प्रकाशक/सम्पादक हुन् । त्यसैगरी महिला उपाध्यक्षमा नेपाल पत्रकार महासंघ भक्तपुरकी कार्यसमिति सदस्य समेत रहेकी कन्चन किसी निर्वाचित भएकी छन् । उनी इएभरेस्ट टिभीसंग आवद्ध छिन् ।

    कार्यसमितिको सचिवमा भक्तपुर पोष्टका पत्रकार मदन ढुंगाना निर्वाचित भएका छन् भने सहसचिव खुलामा प्रदिप श्रेष्ठ र समावेशीमा निशा कुश्मा निर्वाचित भएका छन् । श्रेष्ठ लोकबोली डटकमका पत्रकार हुन् भने कुश्मा ख्वप:खबरकी सम्पादक हुन् । त्यसैगरी ननस्टपखबरका निराजन सिलवाल कोषाध्यक्ष निर्वाचित भएका छन् ।

    सदस्यहरुमा जमिन राइ,सृजना सैंजु, घनश्याम वाग्ले,धर्मचन्द्र योञ्जन,अञ्जना तिमल्सिना,सूवर्णराज कार्की र सरिना तमाङ्ग लगायत रहेका छन् । नगर कमिटी अध्यक्षहरु स्वत जिल्ला सदस्य भएका छन् भने ३ सदस्य पछि थपिने नवनिर्वाचित सचिव मदन ढुंगानाले जनाएका छन् ।

    अधिवेशनको बन्द सत्रले प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि छनौट गर्ने जिम्मा कार्यसमितिलाई दिएको निर्वाचन समितिका संयोजक जगन्नाथ डुम्रेले जानकारी गराए । उक्त अवसरमा नेकपा (माओवादी केन्द्र)का भक्तपुर सह इन्चार्ज देवेन्द्र श्रेष्ठ दिवाकर, अध्यक्ष डिपी ढकाल त्यसैगरी प्रेस सेन्टरका बरिष्ठ नेता बलराम थापा, सचिवालय सदस्य विष्णु सापकोटा जुगल, केन्द्रीय सल्लाहकार एवं प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष भवानीप्रसाद बराल, प्रेस सेन्टरका उपत्यका प्रदेश इन्चार्ज उपश महर्जन , सह इन्चार्ज कृष्ण लेकाली,संयोजक नवराज दाहाल, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका उपाध्यक्ष बीरबहादुर लामा महिला उपाध्यक्ष रोजिना थापा, महासचिव टेनिस रोका त्यसैगरी काठमाडौंका अध्यक्ष सूर्य सुवेदी, ललितपुरका सचिव एवं प्रेस सेन्टर नेपाल, ललितपुरका संयोजक रामहरी कार्की, प्रेस सेन्टरका काठमाडौं संयोजक सागर पन्त लगायतको आतिथ्यता रहेको थियो ।

    अधिवेशनको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले गरेकी थिइन् । उक्त अवसरमा मन्त्री श्रेष्ठले सरकारले गरेका राम्रा काम जनतामा पुर्याइदिन र नराम्रा काम भए सचेत गराइदिन आग्रह समेत गरिन । उनले आफूले भक्तपुर लगायत उपत्यकाका स्व-वासी र देशैभरका भूमि सम्बन्धी समस्या समाधान गरी लालपूर्जा दिने समेर दावी गरिन् ।

    मन्त्री श्रेष्ठले लोकतन्त्र बिरोधी तत्व संविधान मास्न र देशमा प्रतिगमन गर्न उद्दत रहेको भन्दै लोकतन्त्रको रक्षाको जिम्मेवारी संचार जगतको पनि भएको स्पष्ट पारिन् । उनले आफ्नो कार्यकालमा कुनैपनि जनविरोधी काम नहुने समेत जिकिर गरिन् ।

    उक्त अवसरमा प्रेस सेन्टर नेपाल भक्तपुरका सस्थापक अध्यक्ष त्रैलोक्यमान बनेपाली (अगीव बनेपाली) लाई सम्मान समेत गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...