News Portal

  • मध्यपुर थिमिमा सन्ध्याकालीन सम्पदा पदयात्राको प्रचुर सम्भावना

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ मङ्सिर २०७८
    ११८८ पटक
    भक्तपुर, ४ मङ्सिर २०७८

    मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्रमा सन्ध्याकालीन सम्पदा पर्यटन प्रवर्द्धनको योजना अघि सारेको छ । शुक्रवार पदयात्रामा पत्रकारहरुलाई सामेल गरी नगर प्रमुख मदन सुन्दर श्रेष्ठले उक्त योजनाबारे बताएका हुन् ।

    नगरप्रमुख श्रेष्ठले सास्कृतिक पर्व सकिमिला पुन्हीको अवसर पारेर आफ्नै नेतृत्वमा सन्ध्याकालीन सम्पदा पदयात्रा गरी पत्रकारहरुलाई सन्ध्याकालीन पर्यटन प्रवर्द्धनमा सहयोग गरिदिन आग्रह गरे ।

    प्रमुख श्रेष्ठले मध्यपुर थिमिमा बिहान दिउँसो देख्न नसकिने मनमोहक दृश्यहरु साँझ देख्न सकिने दावी गरे । साँझ भजन मण्डलीहरुले सुमधुर धुन बजाउदै गाउने भजन आन्तरिक र वाहिरी पर्यटकका लागि आकर्षक हुने उनको भनाइ छ ।

    सकिमिना पुन्ही जस्ता पर्वमा विशेष रुट नै बनाएर सन्ध्याकालीन पदयात्रा गर्नसक्ने पर्यटन प्रवर्द्धन गर्न सकिने उनले बिश्वास व्यक्त गरे ।थिमिको सन्ध्याकालीन दृश्यलाई कृषि र कलासंग मात्र सिमित नगरी जीवन दर्शन संगै जोडेर विश्लेषण गर्न सकिने जिकिर गर्दै नगर प्रमुख श्रेष्ठले सन्ध्याकालीन पदयात्रा जीवन र जगतलाई बुझ्ने माध्यम समेत बन्न सक्नेमा जोड दिए

    नगर प्रमुख श्रेष्ठ नेतृत्वको पत्रकार टोली कुमारी पार्क, बोडेदेखि नगदेश हुँदै बालकुमारी थिमिसम्मको ‘सन्ध्याकालीन साँस्कृतिक सम्पदा पदयात्रा’ मा सहभागी भएको थियो ।

    पदयात्रामा सहभागी नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तकले पूर्णिमाको दिन चन्द्रमा जस्तै उज्यालो स्थानीयहरुको स्वागत र उनीहरुले मनाइरहेको सकिमिला पुन्हीको अवलोकनले मनलाई आनन्दीत बनाएको प्रतिक्रिया दिंदै यसले पर्यटकलाई आकर्षित गर्ने सम्भावना बोकेको बताए । उनले सम्पदा संरक्षणमा नगरपालिकाले लगाएको लगानीको प्रशंसा गर्दै यसले नगरको बिकाशमा दीर्घकालीन महत्व राख्ने बिचार व्यक्त गरे ।

    नेपाल सम्बतको पहिलो महिनामा पर्ने यो बेला अन्न दिने धर्ती मातालाई धन्यवाद दिंदै साँझदेखि टोलटोलमा रहेका मन्दिरको अगाडी सोही देउताको अन्नको आकृति बनाई भजनकिर्तन गरी रमाइलो गर्ने परम्पराले पर्यटक आकर्षित गर्नसक्ने स्थानीय पत्रकार केके मानन्धर बताउछन । यसले मध्यपुर बुझ्न समेत मद्दत गर्ने उनले बताए ।

    पदयात्रामा नेपाल पत्रकार महासंघ भक्तपुरका उपाध्यक्षद्वय सुन्दर सिल्पकार र लिला श्रेष्ठ, सहसचिव सुमन श्रेष्ठ, निवर्तमान अध्यक्ष पुष्करराज बुढाथोकी, उपाध्यक्ष कविता थापा र कोषाध्यक्ष मोहन बल्ल त्यसैगरी मध्यपुर संचार समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठ, राष्ट्रिय संचार केन्द्रका अध्यक्ष पेशल आचार्य, क्रियाशील पत्रकार मंचका अध्यक्ष रमेश गिरी लगायत दुई दर्जन बढी पत्रकार सहभागी रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...